भीषणको ‘खोर्सानी डल्ले’

काठमाडौँ — गायक/संगीतकार भीषण मुकारुङ नयाँ गीतसहित आएका छन् । पूर्वेली भाकाको त्यो गीत ‘खोर्सानी डल्ले’ को म्युजिक भिडियो पनि बनेको छ । उक्त भीषण आफैँले लेखेका र संगीतबद्ध गरेका हुन् । संगीत संयोजन राजु कार्कीले गरेका हुन् ।

भीषणको ‘खोर्सानी डल्ले’

लोकभाका नेपाली संगीतको मूल कुरा भए पनि यो हराउँदै गएकाले आफूले ‘खोर्सानी डल्ले’ निकालेको भीषणले बताए । ‘हाम्रो संगीत पनि पाश्चात्य संगीतको प्रभावले थिचिएको छ,’ उनले भने, ‘लोकभाका हाम्रो मौलिक सम्पत्ति हो, चिनारी हो । नयाँ पुस्तालाई यो बोध गराउनु जरुरी छ ।’


पछिल्लो गीतमा आफूले राई समुदायको रिसिया र लिम्बूको हाक्पारे शैलीलाई फ्युजन गराएको उनले जनाए । ‘भिडियोमा किरात संस्कृति झल्काउन खोजेको छु,’ उनले भने ।


‘खोर्सानी डल्ले’ को भिडियोमा विल्सनविक्रम राई उर्फ तक्मेबुढा, कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाइरल भएका मनकुमार राई, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, अरुणा कार्की र रेखा लिम्बूले अभिनय गरेका छन् । विल्सनले निर्देशन गरेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने भरत रेग्मीले सम्पादन ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?