२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ओस्कारमा नयाँ विधा नहुने

काठमाडौँ — ओस्कार अवार्ड प्रदान गर्दै आएको द एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेजले चर्चित फिल्मलाई ट्रफी नदिने निर्णय सुनाएको छ ।

ओस्कारमा नयाँ विधा नहुने

नयाँ थपिएको भनिएको पपुलर फिल्मको क्याटेगोरी खारेज गरेको एकेडेमीले उल्लेख गरेको छ । यो विधालाई लिएर पछिल्लो समय विवाद जारी थियो ।

गत महिना मात्रै एकेडेमीले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट इन पपुलर फिल्म’ विधा घोषणा गरेको थियो । त्यसबारे फिल्म क्षेत्रकाहरूले आलोचना गर्दै आएका थिए । उक्त विधाले ‘ब्ल्याक प्यान्थर’ जस्तो क्रिटिकल्ली र कमर्सियल्ली चर्चित फिल्मलाई कसरी सम्बोधन गर्ला भन्ने प्रश्न उब्जिएको थियो । तर, परम्परागत सुपरहिरोवाला फिल्म ‘बेस्ट पिक्चर’ विधामा मनोनीत नभइरहेका बेला नयाँ विधाले समेट्ने आशा गरिएको थियो ।

‘नयाँ विधालाई लिएर धेरैथरि प्रतिक्रिया आए,’ एकेडेमीले भनेको छ, ‘हाम्रा सदस्यसँग यसबारे थप सल्लाह गर्नुपर्छ भन्ने ठानेका छौं ।’ अहिलेलाई भने नयाँ विधा नथप्ने एकेडेमीको वक्तव्यमा छ । आयोजकले सन् २००१ यता नयाँ विधा थपेको थिएन । कार्यक्रमको अवधि अब तीन घण्टा मात्र बनाउने बताइएको छ ।

‘ब्ल्याक प्यान्थर’ सँगै आउँदो ओस्कारमा निल आर्मस्ट्रङको बायोपिक ‘फस्र्ट म्यान’ र ‘अ स्टार इज बर्न’ बीच बेस्ट पिक्चरका लागि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?