२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दिनेश र सिमाको तीज कोसेली 'पाउजु बरी लै...' [भिडियोसहित]

काठमाडौँ — लोकप्रिय कलाकार दिनेश थापा र सिमा भण्डारीले 'पाउजु बरी लै...' तीज कोसेली पस्केका छन् । नेपाली नारीहरुको ठूलो पर्व हरितालिका तीजलाई मध्यनजर गरेर कलाकारद्वय थापा र भण्डारीले मौलिक गीत  हालै बजारमा ल्याएका हुन् ।

दिनेश र सिमाको तीज कोसेली 'पाउजु बरी लै...' [भिडियोसहित]

गीतमा विवाहको लागि उमेर पुगेकी दिदी र भाइबीचको ठट्टयौली सन्दर्भ समेटिएको छ । पाउजु बरी लैमा दिनेश थापा र सरोज लामिछाने शब्दमा रहेको छ ।


उक्त गीतमा स्वर, संगीत र अभिनय थापाले नै गरेका छन् भने महिला आवाज सीमाको रहेको छ । अभिनयमा थापालाई ऋतु तामाङले साथ दिएकी छिन् ।


गोरखा चौतारी म्युजिकले बजार व्यवस्थापन गरेको तीज गीतमा रकेश वलीले संगीत संयोजन, विक्रम चौहानले निर्देशन र छायांकन प्रकाश खड्काले गरेका छन् । मिलन विश्वकर्माको सम्पादन रहेको छ ।


गायक तथा मोडल थापाले बोली नफेर, पानी मिठो कलकल, ए है लाली जोवन, पापिनीकै तस्बिर बोल्याछ जस्ता दर्जन गीत तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेको काँठक्षेत्रमा प्रचलित दोहोरी गीत 'सालको पात टपरी दुना' झनै चर्चामा छ । थापाको अभिनय चलचित्रजगत्‌का मेलिना मानन्धर, झरना थापालगायत सँग पनि देख्न सकिन्छ ।

प्रकाशित : भाद्र १३, २०७५ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?