कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

आफूभन्दा ११ वर्ष कान्छा निकसँग बलिउड अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट

काठमाडौँ — बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडाले इन्गेजमेन्ट गरेकी छन् । आफूभन्दा ११ वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग चोपडाले शनिबार बिहान इन्गेजमेन्ट गरेकी हुन् ।

आफूभन्दा ११ वर्ष कान्छा निकसँग बलिउड अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट

प्रियंका र निक गत मेदेखि प्रेमसम्बन्धमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पञ्जाबी संस्कृति अनुसार प्रियंकाको मुम्बईस्थित घरमा उनीहरुको इन्गेजमेन्ट भएको थियो । इन्गेजमेन्टमा निकका बुवा पनि उपस्थित थिए ।


यी दुवैले शनिबार सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गरेका थिए । निकले ‘फ्युचर मिसेस जोनस’ भनेर पोष्ट गरेका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार निक र प्रियंकाको भेट गत वर्ष भएको थियो ।

सन् २००० की विश्व सुन्दुरी चोपडाले ५० भन्दा बढी भारतीय फिल्महरुमा अभिनय गरिसकेकी छन् । उनले 'क्वान्टिको' श्रृंखलाबाट हलिउडमा प्रवेश गरेकी हुन् । प्रियंकालाई अघिल्लो वर्ष फोर्ब्स म्यागजिनले विश्वको सय शक्तिशाली महिलाहरुको सूचीमा राखेको थियो ।


इन्गेजेमन्टपछि शनिबार साँझ आयोजित पार्टीमा भारतीय सेलिब्रेटीहरुको उपस्थिति भएपनि सलमान खान ,शाहरुख खान र अमिताभ बच्चनको भने उपस्थिती थिएन ।

प्रकाशित : भाद्र ३, २०७५ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?