कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लोकार्नोमा मीनलाई अवार्ड

कान्तिपुर संवाददाता

लोकार्नो, स्विटजरल्यान्ड — लोकार्नो फिल्म फेस्टिभल अन्तर्गतको ओपन डोर हबमा नेपाली फिल्मकर्मी मीन भामको निर्माणाधीन फिल्मले पुरस्कार पाएको छ ।

लोकार्नोमा मीनलाई अवार्ड

दक्षिण एसियाका ६ र म्यान्मारमाथि केन्द्रित गरिएको ओपन डोर हबमा आएका नयाँ प्रोजेक्टमध्ये मीनको ‘चिसो वर्षा’ ले ६ हजार युरो (करिब ७ लाख ८० हजार रुपैयाँ) को आर्ते किनो इन्टरनेसनल प्राइज पाएको हो । ओपन डोरमा निर्माणाधीन प्रोजेक्टहरूलाई सहयोग गरिन्छ ।

५० हजार स्विस फ्रयांक (५५ लाख रुपैयाँ) को हबको मुख्य पुरस्कार भने म्यान्मार र श्रीलंकाका फिल्ममेकरले संयुक्त रूपमा पाए । म्यान्मारका मो न्याङको ‘द वुमन’ ले ३५ हजार र श्रीलंकाका सञ्जीवा पुष्पकुमाराको ‘मदर’ ले १५ हजार फ्रयांक पाए । यस्तै, फ्रेन्स नेसनल फिल्म एन्ड एनिमेसन सेन्टरले दिने ८ हजार युरोको सीएनसी ग्रान्ट बंगलादेशका मेहदी हसनको ‘स्यान्ड सिटी’ ले पायो ।

सन् २०१६ देखि दक्षिण एसियाका नेपाल, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान तथा म्यान्मारमाथि केन्द्रित ओपन डोर आउने वर्षदेखि दक्षिणपूर्वी एसियामा केन्द्रित हुनेछ । २०२१ सम्म थाइल्यान्ड, लाओस, कम्बोडिया, मलेसिया, फिलिपिन्स, भियतनाम, म्यान्मार र मंगोलिया यसका लागि छनोट भएका छन् ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?