कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बलिउड अभिनेता अर्जुन रामपाल दम्पति अलग्गिए

काठमाडौँ — बलिउड अभिनेता अर्जुन रामपाल र उनकी श्रीमती मेहर रामपाल अलग्गिएका छन् । उनीहरुले २० वर्षको वैवाहिक सम्बन्धलाई ब्रेक लगाएका हुन् ।

बलिउड अभिनेता अर्जुन रामपाल दम्पति अलग्गिए

सोमबार दुवैले संयुक्त विज्ञाप्ति निकाल्दै सम्बन्धलाई ब्रेक लगाएको उल्लेख गरेका छन् । अर्जुन र मेहरले सन् १९९८ मा विवाह गरेका थिए । उनीहरुका माहिका र माइरा नाम गरेका दुई छोरी छन् ।

एकआपसमा अलग्गिने निर्णय गरेपनि छोरीहरुका लागि सधैँ एक हुने उनीहरुले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ । उनीहरुले सम्बन्ध अन्त्य भएपनि माया रहिरहने उल्लेख छन् ।


अर्जुनले एक अज्नाबी,डन,ओम शान्ति ओम,रक अन,हाउसफुल,राजनीति जस्ता फिल्ममा अभिनय गरेका छन् । मेहर पूर्व मिस इन्डिया हुन् ।

प्रकाशित : जेष्ठ १४, २०७५ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?