कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

म्यूजिक भिडियोतिर चार्टर्ड अकाउन्टेन्ट

नविन पाेखरेल

लन्डन — पेशाले उनी चार्टर्ड अकाउन्टेन्ट हुन् । लन्डनस्थित स्टरलिङ चार्टर्ड अकाउन्टेन्ट फर्ममा सिनियर अकाउन्टेन्टका रुपमा कार्यरत टंक धमला (लियो ट्यांक) को पाइला भने कला क्षेत्रतिर बढेको छ ।

म्यूजिक भिडियोतिर चार्टर्ड अकाउन्टेन्ट

लन्डनमै बनाइएका केही म्युजिक भिडियोमा छाएपछि उनी यस क्षेत्रमा अझ हौसिए । 'हे मोरी पातली, अरुसँग तिमी, मेरो मनमा बसु' जस्ता गीतका म्यूजिक भिडियोमा अभिनय गरेपछि उनी सीए भन्दा बढि मोडलका रुपमा चिनिएका छन् । अंग्रेजी फिल्म डेन्जरस गेममा उनले सानो भूमिका निर्वाह गर्ने मौका पाएका थिए । यसले उनलाई ‘प्लस प्वाइन्ट’थपिदियो । धमलाले स्वीस एयरको विज्ञापन, विभिन्न म्यागेजिनका लागि फोटो सुटको अवसर पाइसकेका छन् ।


भारतको यात्री थ्रिएटर ग्रुपसँग आबद्ध भएर २० दिने वर्कसप गरेपछि यसमा अझ खारिएको उनको अनुभव छ । लाइफ स्टाइल म्यागेजिनले उनलाई स्थान दियो भने अन्य तीन एजेन्सीले निशुल्क फोटोसुटको अफर गरे ।


धमालाको नाटक र अभिनयमा रुची स्कूले जीवनदेखि नै हो । नेपाल छँदा उनले दुई वर्ष एफएममा कार्यक्रम सञ्चालकको अनुभव लिएका थिए । सन् २००९ मा अध्ययनका लागि लन्डन आएका टंकले किङ्डम ड्रामा स्कुलबाट अभिनयमा एक वर्षे डिप्लोमा उत्तिर्ण गरे ।


पढाइ थालेको दुई वर्षमै क्वालिफाइड सिए बनेपछि सन् २०१४ देखि टंक अकाउण्टिङ र कला क्षेत्र दुवैमा समानन्तर रुपमा अघि बढेका छन् । छोटो अवधिमा लन्डनमा थुप्रै म्यूजिक भिडियो र बलिउड गएर थ्रिएटरतिर पनि काम गर्ने अवसर पाएकोमा उनी उत्साहित छन् ।


५ फिट ९ इन्च उचाई भएका टंकको फोटोजेनिक फेस र हिन्दी एवं अंग्रेजीमा राम्रो दख्खल भएर पनि यस क्षेत्रमा सफलता हासिल गर्नेमा उनी ढुक्क छन् ।

प्रकाशित : जेष्ठ २, २०७५ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?