कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बलिउड अभिनेत्री साेनम कपुर विवाह बन्धनमा बाँधिँदै

काठमाडौँ — बलिउड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाधिँने भएकी छिन् । आफ्नो प्रेमी आनन्द अहुजासँग सोनमले विहे गर्न लागेकी हुन् । 

बलिउड अभिनेत्री साेनम कपुर विवाह बन्धनमा बाँधिँदै

सोनम र आनन्दको विवाह यही मे ८ तारिखका दिन मुम्बईमा हुने दुवैका परिवारले जनाएका छन् । सोनमको विवाहको भव्य तयारीका लागि कपुर परिवार यतिबेला व्यस्त रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

३२ वर्षीया यी अभिनेत्री र आनन्द केही वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए । विभिन्न कार्यक्रममा सोनम र आनन्दलाई सँगै देखिए पनि उनीहरुले सम्बन्धबारे आधिकारिक बताएका थिएनन् ।


साेनमकाे हुनेवाला श्रीमान् अानन्द व्यापारी हुन् ।

प्रकाशित : वैशाख १९, २०७५ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?