२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘नेप्टे’ ल्याउँदै रोहित

काठमाडौँ — अभिनयमा डेढ दशक बिताएका रोहित रुम्बाले फिल्म ‘नेप्टे’ ल्याउँदै छन् । दयाहाङ राई, छुल्ठिम गुरुङ, बुद्धि तामाङसँगै रोहित स्वयंको अभिनय रहेको ‘नेप्टे’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको हो ।

‘नेप्टे’ ल्याउँदै रोहित

रुम्बाकै लगानी रहेको फिल्मको निर्देशन गरेका हुन् देवकुमार श्रेष्ठले । आर. रोशनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘नेप्टे’मा अभिनेता दयाहाङ राई पहिलोपटक नेगेटिभ भूमिकामा देखिँदै छन् ।

‘फिल्म राम्रो बनेको छ,’ अभिनेता एवं निर्माता रुम्बाले दाबी गरे, ‘कथा फरक छ । रोचक छ ।’ उनकै कथामा किरण माइकल घिमिरेले पटकथा लेखेका हुन् भने हरि लामा घलेले छायांकन गरेका छन् । तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रुम्बाकै संगीत फिल्ममा छ ।

रुम्बाले सोसल र कमेडी विषयवस्तु फिल्ममा समेटिएको बताए । उनले फिल्म मुलुकबाहिर राम्रै पैसामा बिक्री समेत भइसकेको दाबी गरे । रुम्बाले यसअघि ‘तोरीलाउरे’, ‘धुम २’, ‘बिरानो माया’, ‘लभ इन चाइना बोर्डर’, ‘रुद्राक्ष’, ‘चम्पा चमेली’ लगायतका फिल्ममा खेलेका छन् ।

‘नेप्टे’ मा भने अर्जुन गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘कथाको मागअनुसार चर्चित अनुहारहरूलाई समेट्ने प्रयास गरेका हौं,’
निर्देशक श्रेष्ठले भने, ‘रमाइलो र फरक फिल्म बनेको छ ।’

प्रकाशित : चैत्र २९, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?