कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तेस्रो सातामा ‘शत्रु गते’

काठमाडौँ — दर्शकलाई कमेडी स्वाद दिन सफल फिल्म ‘शत्रु गते’ ले रिलिजपछिका दुई साता सानदार व्यापार गरेको छ ।

तेस्रो सातामा ‘शत्रु गते’

फिल्म वितरकको दाबीलाई मान्ने हो भने प्रदीप भट्टराई निर्देशित फिल्मले दुई सातामा झन्डै आठ करोड रुपैयाँको व्यापार गरेको छ ।

शुक्रबारदेखि तेस्रो सातामा चलिरहँदा पनि फिल्म हलबाट टसमस भएको छैन । ‘शत्रु गते’ ले अझै उच्च सो नै पाइरहँदा त्यसको असर शुक्रबार नै रिलिज फिल्म ‘तिमीसँग’ लाई समेत परेको छ । ‘तिमीसँग’ कम हलमै पनि रिलिज हुँदा अर्को फिल्म ‘हिरोज’ ले भने रिलिज नै स्थगित गर्‍यो । फयामिली ड्रामा ‘शत्रु गते’ लाई वर्ड अफ माउथ राम्रो मिलेपछि व्यापारिक हिसाबले लामो दौड उन्मुख देखिएको हो ।

‘कलेक्सन राम्रो भएकैले अधिकांश हलमा फिल्मले तेस्रो सातामा पनि निरन्तरता पाएको छ,’ मोफसल वितरक विक्रम पराजुलीले भने । काठमाडौं उपत्यकाभित्रको वितरण जिम्मा सम्हालेका गोपालकाजी कायस्थले पनि दर्शक संख्या बढ्दो भएको जनाए । ‘शत्रु गते’ को सोज राजधानीका मल्टिप्लेक्समा समेत उल्लेख्य पाइरहेको छ । अन्य हलमा पनि फिल्मले सोज र दर्शक राम्रै पाइरहेको छ ।

‘दोस्रो सातामा एसईई दिएका विद्यार्थीको ओइरो लागेपछि फिल्मको व्यापारले झनै पिकअप लिएको हो,’ पटकथा लेखकसमेत रहेका निर्देशक भट्टराईले भने, ‘त्यो तहका दर्शकले फिल्म अझ रुचाइदिनुभएको छ ।’ फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरि पौडेल, वसुन्धरा भुसाल, रमेशरञ्जन झालगायतको अभिनय छ ।

मह सञ्चारको ब्यनारमा निर्मित ‘शत्रु गते’ लाई किरण केसीले प्रस्तुत गरेका हुन् । फिल्मलाई छायांकन दीर्घ गुरुङ र सम्पादन मित्र गुरुङले गरेका हुन् ।

प्रकाशित : चैत्र २५, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?