अरबाज खानले भने, ‘दबंग- ३ को सुटिङ यसै वर्षबाट’

एजेन्सी

नयाँ दिल्ली — फिल्म अभिनेता एव‌‌‌‌ निर्माता अरबाज खानले आफ्नो अगामी फिल्म ‘दबंग–३’को सुटिङ  २०१८ को मध्य मेबाट सुरु हुने बताएका छन् ।

मंगलबार 'मिटु' नामक लघु चलचित्रको स्पेशल प्रदर्शनको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले दबंग–३को सुटिङबारे जानकारी गराएका हुन्।

अरबाजले यो फिल्म निर्माणका लागि आफ्नो धेरै समय, प्रयास र एकग्रता आवश्यकता रहेको कुरा उल्लेख गरे।

दबंग–३ मा सलमान खान प्रहरीको भूमिकामा हुने तय भएपनि हिरोइन कसलाई राख्ने भन्ने विषयमा हालसम्म औपचारिक जानकारी प्राप्त भएको छैन।

सलमानद्वारा अभिनित चलचित्र ‘दबंग’ बलिउडको सुपरहिट चलचित्रको रुपमा लिइन्छ। बक्स अफिसमा यो फिल्मले एकसय करोड भन्दा बढी भारुसंकलनगरेको थियो।

प्रकाशित : फाल्गुन २३, २०७४ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्

आरम्भ माइक्रोफाइनान्सको सेयर बाँडफाँड

सी आस्वा अनिवार्य भएपछि २ दिनमै बाँडफाँड
कान्तिपुर संवाददाता

काठमाडौँ — आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर बाँडफाँड भएको छ । यो कम्पनीको सेयर आवेदन दिने दिन सकिएको दुई दिनमै बाँडफाँड भएको हो । सीडीएस एण्ड क्लियरिङले बुधबार पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।

यो कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। कम्पनीका अनुसार परेको आवेदनमध्ये २७ हजार ४८ जनाले प्रति १० कित्ताका दरले सेयर पाएका छन्।

कम्पनीले यही फागुन १५ देखि २१ गते सम्म सर्वसाधारणका लागि सेयर जारी गरेको थियो। सीडीएस एण्ड क्लियरिङले सी आस्वा (सेन्ट्रलाइज्ड एप्लिकेसन फर आस्बा बेस्ड इस्युआन्स) अनिवार्य गरेपछिको यो पहिलो बाँडफाँड हो। सीडीएसले यही फागुन ११ गते देखि सी आस्वा अनिवार्य गरेको थियो।

सि–आस्बा प्रणाली मार्फत सेयर आवेदन भर्दा सम्पूर्ण तथ्यांक सीडीएसको कारोबार प्रणालीमा सिधा प्रविष्टि(इन्ट्री) हुने भएकाले निष्कासन बन्द भएपछि पुन: प्रविष्टि गर्नु पर्ने हुँदैन। यसकारण आवेदन दिने मिति सकिएको ३७ घण्टा भित्रै सेयर बाँडफाँड भएको भएको हो। यसअघि सेयर आवेदन बन्द भएको एक देखि डेढ महिनाभित्र बाँडफाँड हुदै आएको थियो।

कम्पनीले सर्वसाधारणका लागि २ लाख ७० हजार ४ सय ८० कित्ता सेयर जारी गरेको थियो। उक्त सेयरका लागि १ लाख ८६ हजार ३८ जनाले १ करोड १८ लाख ७८ हजार ७ सय ५० कित्ता सेयरका लागि आवेदन हालेको थिए। यो कुल जारी सेयरको करिब ४४ गुणा बढी हो।

सी आस्वा लागु भएपछि प्राथमिक सेयरमा लगानी गर्दा लामो समयसम्म लाइनमा बस्नुपर्ने र पैसा होल्डमा रहने समस्या अब हटेको छ। सि–आस्बा प्रणाली मार्फत सेयरमा आवेदन दिने प्रणाली लागु भएपछि यो सम्भव भएको हो।

प्रकाशित : फाल्गुन २३, २०७४ १५:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्