विकिपिडियामा धेरै खाेजिने मध्ये शाहरुख खान दाेस्राे नम्बरमा

एजेन्सी

नयाँ दिल्ली — चर्चित बलिउड अभिनेता शाहरुख खान विकिपिडियामा धेरै खोजिने सेलिब्रेटीहरुको सूचीमा परेका छन् ।

उनले हलिउडका टम क्रूज,एन्जिलना जोली,लिनार्दो दि कार्पिकोलाई समेत उछिनेका छन्।

विकिपिडियामा शाहरुख खान विश्वको दोस्रो धेरै खोजी हुने सेलिब्रेटीको सूचीमा परेका टाइम्स आफ इण्डियाले जनाएको छ। सन् २००७ देखि २०१७ को समयमा विकिपिडियामा धेरै खोजी हुने सेलिब्रेटिहरुको नामावलीमा शाहरुखको नाम दोस्रो स्थानमा आएको हो।

पहिलो स्थानमा अमेरिकी रियालिटी शोकी प्रस्तोता किम करदशन छिन्।

विकिपिडियामा धेरै खोजिने अन्य भारतीय कलाकारहरुमा सन्नी लियोनी र सलमान खान छन्।


प्रकाशित : फाल्गुन २२, २०७४ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा सवारी दुर्घटनामा २५ को मृत्यु

रासस/सिन्ह्वा

नयाँ दिल्ली — भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।

विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको हो ।

गुजरातको एक स्थानीय टेलिभिजन च्यानल न्युज–१८ ले उक्त जानकारी दिएको छ । गुजरात राज्यको भावनानगर क्षेत्रमा उक्त दुर्घटना भएको थियो ।

एकजना स्थानीय नागरिकको विवाहको भोजका लागि सहभागीहरु बोकेर सो ट्रक एक स्थानीय होटलतर्फ गइरहेको बताइएको छ ।

यस घटनामा परी अरु के कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा भने प्रष्ट गरिएको छैन । तर घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जानकारी प्रहरीले दिएको छ ।

प्रहरीका वरिष्ठ अधिकारीहरु दुर्घटनास्थलमा पुगेका छन् र उनीहरुले तीब्र रुपमा उद्धारकार्य जारी राख्न भनेका छन् ।

प्रकाशित : फाल्गुन २२, २०७४ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्