कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नीता बनिन् ‘हुर्रे’ आइटम गर्ल

काठमाडौँ — ‘हुर्रे’ को दोस्रो गीत आइतबार सार्वजनिक गरिएको छ, जसमा नायिका नीता ढुंगाना आइटम गर्लका रूपमा देखिएकी छन् । ‘मलाई फिल्मको नामले नै सुरुमै आकर्षित गरेको थियो । त्यसैले पनि आइटम डान्स गर्न सहमत भएकी हुँ,’ उनले कार्यक्रममा भनिन् ।

नीता बनिन् ‘हुर्रे’ आइटम गर्ल

हत्तपत्त आइटम डान्सका लागि नायिकाहरू तयार नहुने भए पनि नीताले भने कार्यक्रममा समेत ‘पशुपति...’ बोलको उक्त गीतमा फिल्मकै कलाकारहरू राजाराम पौडयाल, अनुपविक्रम शाही र अंकित खड्कासँगै ठुम्का पनि लगाइन् । यम थापाको निर्देशन रहेको फिल्ममा केकी अधिकारी र विजय बरालको पनि अभिनय रहेको छ ।


‘पशुपति...’ बोलको गीतलाई सविन एकतारे र कालीप्रसाद बाँस्कोटाले लेखेका हुन् भने संगीत पनि कालीप्रसादकै रहेको छ । गाउन चाहिँ झुमा लिम्बू र कालीप्रसादले गाएका हुन् । कोरियोग्राफी विक्रम स्वाँरको हो ।


‘यो गीत सुट गर्दा केही दु:ख भएको थियो तर अहिले हेर्दा दु:ख सबै भुलें । गीतमा मैले पशुपतिवरपर पाइने पात्रलाई चित्रण गर्दै दिइएको निर्देशनलाई न्याय गर्ने कोसिस गरेकी छु,’ आइटम गर्ल बनेकी नीताले भनिन् । कोरियोग्राफर स्वाँरले नीतालाई पशुपति क्षेत्रको फ्लेभर दिने गरी आउटडोर सुट गरेर नयाँ प्रयोग समेत गर्न खोजेका छन् ।


निर्देशक थापाकै लेखन रहेको डार्क कमेडी जानराको ‘हुर्रे’ लाई दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले निर्माण गरेका हुन् । मुख्य तीन पात्रको भोगाइमा आधारित रहेर ‘हुर्रे’ बनाइएको हो ।

प्रकाशित : माघ ८, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?