१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

यौन दुर्व्यवहारको आरोपमा फिल्मकर्मी

अस्ट्रेलिया — केही महिनाअघि मात्रै चर्चित कोरियाली निर्देशक किम किदुक एक अभिनेत्रीसितको यौन दुव्र्यवहार काण्डमा फसे । कान्स फिल्म फेस्टिभलमा एउटा र भेनिस फिल्म फेस्टिभलमा चार वटा अवार्ड जितिसकेका किमनलाई एउटा फिल्मको यौनजन्य दृश्यका लागि एक अभिनेत्रीलाई जबरजस्ती दबाब दिएको र हात हालेको आरोप लागेको थियो ।

यौन दुर्व्यवहारको आरोपमा फिल्मकर्मी

‘स्प्रिङ, समर, फल, विन्टर...अगेन स्प्रिङ’, ‘थ्री आइरन’, ‘अरिराङ’, ‘पिइटा’, ‘समरितान गर्ल’ जस्ता चर्चित फिल्म दिएका उनको क्रेज अहिले दक्षिण कोरियामा स्वाट्टै घटेको छ ।


अब पालो चर्चित अस्ट्रेलियाली अभिनेता क्रेग म्याकल्याचलनको आएको छ । अस्ट्रेलियाको चर्चित मानिने गोल्ड लोगी अवार्ड विजेता ५२ वर्षे अभिनेतालाई सँगै काम गरेका तीन अभिनेत्रीले यौन दुव्र्यवहारको आरोप लगाएका छन् । यो आरोपले यति बेला मिडिया तताइरहेको छ । सन् २०१४ मा निर्माण भएको चर्चित ‘रकी हरर सो’ को प्रदर्शनका क्रममा आफूहरूलाई म्याकल्याचलनले यौन उत्पीडन र अनुचित कर्म गरेको आरोप अभिनेत्रीहरूको छ । ‘रकी हरर सो’ का कलाकारहरू क्रिस्टी विलन ब्राउन, इरिका हेयनटाज र एन्जेला स्कन्डीले म्याकमाथि त्यस्तो आरोप लगाएका हुन् ।


क्रेगले कडा प्रतिवाद गर्दै आरोप झूटो भएको दाबी गरेका छन् । उनले सबै आरोप बनावटी र आर्थिक फाइदाका लागि गरिएको ठोकुवा पनि गरेका छन् । भिक्टोरिया प्रहरीले यो उजुरीमाथि अनुसन्धान गरिरहेको छ ।


विश्वमा यौन उत्पीडन लगायतको आरोपमा ठूला फिल्मकर्मीहरू पर्दै आएका छन् । केही समयअघि चर्चित अमेरिकी फिल्म निर्माता हार्भी वाइन्सटाइनले समेत यस्तै आरोपको सामना गर्नुपरेको थियो । उनी चर्चित अमेरिकी प्रोडक्सन हाउस मिराम्याक्सका संस्थापकमध्ये एक हुन् ।

प्रकाशित : पुस २६, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?