कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘शेरबहादुर’ माघ १९ मा

काठमाडौँ — सन्की स्वभावको मूल पात्रमा आधारित रही बनाइएको फिल्म ‘शेरबहादुर’ माघ १९ मा रिलिज मिति निश्चित गरी पोस्ट प्रोडक्सनमा धमाधम लागेको छ । 

‘शेरबहादुर’ माघ १९ मा

अवकाश प्राप्त आर्मीको रूपमा रहेको शेरबहादुरको भूमिकामा सुनील थापा छन् । फिल्ममा उनको चरित्र सन्की र पहलमान देखाइएको छ ।


सुनीलका अलवा फिल्ममा कर्मा, रवीन्द्र झा, मेनुका प्रधानलगायत कलाकारको मुख्य भूमिका रहेको छ । एक्सन, रोमान्स, ड्रामाको समायोजन रहेको फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् । वरिष्ठ छायांकार गौरीशंकर धुजुले धिराज राजवंशीसँग मिलेर निर्माण गरेका हुन् ।

प्रकाशित : पुस २२, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?