'प्राकृतिक हिसाबले सुन्दर ठाउँ पोखरा नै लाग्छ'

काठमाडौं — नायीका श्वेता खड्काले भनिन्- 'तालको छाल हेरिरहँदा दिन बितेको पत्तै पाउँदिनँ । त्यसैले प्राकृतिक हिसाबले सुन्दर ठाउँ पोखरा नै लाग्छ । कति पटक पुगें भन्ने गन्ती नै छैन ।' उनलाई थप के के मन पर्छ त?

'प्राकृतिक हिसाबले सुन्दर ठाउँ पोखरा नै लाग्छ'

ठाउँ
तालको छाल हेरिरहँदा दिन बितेको पत्तै पाउँदिनँ । त्यसैले प्राकृतिक हिसाबले सुन्दर ठाउँ पोखरा नै लाग्छ । कति पटक पुगें भन्ने गन्ती नै छैन ।

परिकार
नेपाली खानाकी पारखी हुँ । दाल, भात, तरकारी, अचारलगायत थुप्रै परिकार चट्ट राखेर एकसाथ खाने हाम्रो संस्कार अति लोभलाग्दो छ । जुनसुकै विदेशी परिकार चाखे पनि आफ्नो घरको खाना मिस गर्छु ।
पेयपदार्थ
सफ्ट ड्रिंक्सजति सबै मन पर्छ । अल्कोहल चाहिँ परिस्थितिमा भर पर्छ । रेड वाइन खान मन पराउँछु । सबैभन्दा ठूलो नशा चाहिँ कफीमा छ । उस्तै परे दिनको तीन–चार कप कफी खाइदिन्छुु ।

पुस्तक
पुस्तक त पढ्छु, तर शीर्षक ठयाम्मै याद हँुदैन । पाउलो कोहेलोका प्राय: सबै किताब पढेकी छु । नेपालमा चाहिँ नयाँ साहित्यिक पुस्तक निस्किरहेका हुन्छन् । हात परेजतिका अध्ययन गर्न चासो राख्छु ।

लेखक
पाउलो कोहेलो ।

गीत
रोमान्टिक नेपाली गीत बढी सुन्छु । अञ्जु पन्तको ‘जिन्दगी यो फूलैफूलको काँडा हुँदैन...’ र आनी छोइङ डोल्माको ‘फूलको आँखामा फूलै संसार...’ सधैं सुनिरहूँ जस्तो लाग्छ ।

गायक/गायिका
गायिकामा अञ्जु पन्त नै मन पर्छिन् । गायकमा चाहिँ थुप्रै छन् । नेपालमा राजेशपायल राई र
भारतका अरिजित सिंहका गीतले मन छुन्छन् ।

फिल्म
आफू खेलेको फिल्म भएर मन पर्‍यो भन्नुहोला, त्यसो पक्कै होइन । तर, ‘कहाँ भेटिएला’ नै मेरो मनमा बेस्ट फिल्मको रूपमा बसेको छ । किनकि त्यसको लभस्टोरी टची लाग्छ ।

अभिनेता/अभिनेत्री
अभिनेत्रीमा जल शाहको याद आउँछ । नेपाली फिल्म क्षेत्रमा उनी जस्ती अभिनेत्रीको जहिले पनि अभाव खड्केको महसुस गर्छु । चुलबुले, क्युट र भूिमकाअनुसार बोल्ड अभिनय गर्न उनी सक्षम थिइन् । अभिनेतामा चाहिँ पाका पुस्तामा हरिवंश आचार्य र युवामा दयाहाङ राई मन पर्छन् ।

ग्याजेट
अहिलेको युग प्रविधिमा अडिएको छ । मेरो दैनिकी ग्याजेटबिना असम्भव नै देख्छु । सबै काम
यसैबाट हुन्छ । आईफोन र आईप्याड चलाउँछु ।

प्रकाशित : मंसिर ७, २०७४ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?