कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यलमायामा आशा

ललितपुर — यलमाया क्लासिकको १३६ औं शृंखलामा गायिका आशा थापा प्रस्तुत भएकी छन् । उनले राग मारु विहागमा बडा ख्याल, छोटा ख्याल प्रस्तुत गरिन् भने राग पहाडीमा आधारित ठुमरी पनि सुनाइन् ।

यलमायामा आशा

श्रीकृष्ण गुरुकुल संगीत पाठशालाकी चेली तथा त्रिभुवन विश्वविद्यालयमा संगीतमै स्नातकोत्तर अध्ययनरत आशाले करिब सवा घण्टासम्म गाइरहिन् । उनलाई तबलामा उनकै गुरु तिलकसिंह पेलाले साथ दिएका थिए । ‘आज म जुन अवस्थामा यहाँहरूसमक्ष प्रस्तुत हुन सक्षम भएकी छु,’ आशा भन्दै थिइन्, ‘यसको श्रेय मेरा गुरुलाई नै जान्छ ।’

साँझ ढल्दै गर्दा आशा बन्दिस गाउँदै थिइन् : 
हेर आज फेरी साँझ ढल्यो
यसरी नै मेरो जीवनको हरेक पल बित्यो...

 

प्रकाशित : आश्विन ९, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?