सञ्चारकर्मी योजना पुरीको तीज गीत (भिडियोसहित)- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चारकर्मी योजना पुरीको तीज गीत (भिडियोसहित)

कान्तिपुर संवाददाता

काठमाडौं — सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् ।

तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन...’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत आउँदै आएकी छन् ।

सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् ।

तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन...’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत आउँदै आएकी छन् ।

कृष्ण पौडेलको शब्द रहेको गीतमा गौरव दर्पणले संगीत भरेका छन् । म्यूजिक भिडियोको निर्देशन भने फराज अर्पणले गरेका छन् ।

म्यूजिक भिडियोमासमेत देखिएकी योजनालाई मनीष थापालगायतले साथ दिएका छन् ।

प्रकाशित : श्रावण २०, २०७४ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले डुबायो नवलपरासीको सिमावर्ती

नवलपरासी — लगातारको झरीले नवलपरासीको सिमावर्ती क्षेत्रमा बाढीले निकास नपाउँदा त्यस क्षेत्रका सयौं घर डुबानमा परेका छन् भने हजारौं बिगाहमा लगाइएको धान खेतीमा पनि क्षति पुगेको छ ।

झराही र खजुरा खोलामा आएको बाढीले निकास नपाउँदा सदरमुकाम परासी नजिकका गाउँहरु हरपुर, महेशपुर, भुजहवा, बैदौली, सोमनी, कुश्मा र सहनइ गाउँ डुबानमा परेका छन् । वर्षात्‌का कारण महेशपुर परासी सडक खण्ड, सेमरी बेलासपुर सडक खण्ड र झराही खोला सडक खण्डमा यातायात अवरुद्ध भए । पानीको सतह अत्यधिक बढेका कारण खेतमा बनाइएका घरहरु डुबानमा परेको र कतिपय घरको अन्नपात समेत डुबेको स्थानीय शिक्षक झिंकुप्रसाद यादवले बताए ।

स्थानीय प्रशासनले डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र कतै जोखिमको अवस्था देखिए तत्काल नजिकको प्रहरीलाई खबर गर्न आह्वान गरेको छ ।

प्रकाशित : श्रावण २०, २०७४ १२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×