कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘रुद्र’ को फस्टलुक

काठमाडौं — निखिल उप्रेती स्टारर ‘रुद्र’ को रिलिज मिति साविकको प्रदर्शन मितिभन्दा एक साताअघि साउन १३ मा पक्का भएको छ । निखिलको होम प्रोडक्सन ‘रुद्र’ को मुख्य भूमिकामा उनी आफैं छन् । नयाँ रिलिज मितिसँगै फिल्मको फस्टलुकसमेत आएको छ ।

‘रुद्र’ को फस्टलुक

निर्देशक रामजी लामिछानेको निर्देशन रहेको ‘रुद्र’ को भिडन्त अर्को प्रतीक्षित मानिएको फिल्म ‘प्रेमगीत २’ सँग हुने भएको छ । रामशरण पाठक निर्देशित ‘प्रेमगीत २’ मा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य अभिनय छ ।

यसअघि साउन १३ मा नै ‘संरक्षण’ पनि आउने भनिएको थियो । ‘रुद्र’ एक साताअघि सरेपछि साउन २० मा रिलिज हुन लागेको ‘भुइँमान्छे’ लाई भने राहत हुने देखिएको छ । उक्त मितिमा नवराज बुढाथोकी निर्देशित उक्त फिल्मले एक्लो रिलिज पाउने सम्भावना बढेको छ । रमेश बुढाथोकी र सिपोरा गुरुङको मुख्य अभिनय रहेको ‘भुइँमान्छे’ ले भने सोही मितिमा रिलिज हुने शाहरूख खान र अनुष्का शर्मा अभिनीत फिल्म ‘जब ह्यारी मिट सेजल’ सँग भिड्नुपर्नेछ ।

‘रुद्र’ मा एक्सन स्टार निखिल भिलेनको भूमिकामा प्रस्तुत छन् । फस्टलुक पोस्टरमा निखिल लामो कपालसहित देखापरेका छन् भने नयाँ जोडीको रूपमा विश्व र सारा अटाएका छन् । खलनायक नै मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको फिल्मको पोस्टरमा समेत लेखिएको छ, ‘रावणको लागि राम, रामको लागि रावण, दुवै एकअर्काका लागि खलनायक हुन् ।’

हिमाल केसीको द्वन्द्व रहेको फिल्मलाई ‘एक्सन लभ स्टोरी’ भनिएको छ । फिल्ममा रोयदीप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डेसमेतको अभिनय रहेको छ । सौरभ लामा फिल्मको सिनेमाटोग्राफर हुन् ।

प्रकाशित : जेष्ठ ३०, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?