कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘कारखाना’ को ट्रेलर

काठमाडौं — ‘होस्टेल रिटन्र्स’ बाट डेब्यु गरेका नायक सुशील श्रेष्ठ र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको ‘कारखाना’ को सोमबार ट्रेलर रिलिज गरिएको छ ।

‘कारखाना’ को ट्रेलर

नारीप्रधान भनिएको फिल्मलाई अमरद्वीप सापकोटाले निर्देशन गरेका हुन् । सामाजिक सन्देश प्रवाह गर्ने दाबी गरिएको उक्त फिल्मको मूल कथालाई भने निर्माण पक्षले गोप्य राखेको छ । 

‘अधिकांशले फिल्मको नामलाई लिएर जिज्ञासा राखिरहनुभएको छ,’ निर्मातामध्येका सुदीप खड्काले पत्रकारसमक्ष भने, ‘यो नाम कलकारखानासँग सम्बन्धित छैन । के छ भन्ने कुरा फिल्म हेरेपछि मात्रै छर्लङ्ग हुनेछ ।’ उनले निर्देशक अमरद्वीपले नै तयार पारेको पटकथालाई युनिक विषय रहेको दाबी गरे । त्यसो त निर्देशकले पनि आफूले छनोट गरेको विषयमा आफूले अहिलेसम्म कुनै फिल्म बनेको नभेटेको पनि बताए । वर्षाले पनि सामाजिक मुद्दालाई उठान गरिएको फिल्मको विषयवस्तुमा नयाँपन रहेको उल्लेख गरिन् ।

फिल्मकी अर्की नायिका जेबिका कार्कीले भने फिल्मको सस्पेन्स जान्नकै लागि भए पनि ‘कारखाना’ हेर्न आग्रह गरिन् ।
एक युवतीले आफ्नो जीवनमा गर्ने एक गलत कदम र त्यसपछि उनले भोग्नुपर्ने समस्या र अवरोधका साथै त्यसबाट छुट्कारा पाउन चालिएका कदममा फिल्म ‘कारखाना’ निहीत रहेको बताइएको छ ।

अन्य फिल्ममा देखिँदै आएको महिलावादी शैलीभन्दा यस फिल्म फरक रहेको भनिएको छ । नवराज उप्रेतीले खिचेको फिल्ममा नवीन लम्साल, विकास उप्रेती, सुपी थापा, रजक शाही, सौगात धिताल, घनश्याम गिरी, सुजित केसीलगायतको अभिनय रहेको छ । चन्द्र पन्तको एक्सन रहेको फिल्मलाई सुदीप र अमर बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

प्रकाशित : वैशाख २६, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?