गुरुङ भाषा एवम् संस्कृतिमा आधारित चलचित्र‘मैंरिमो’को प्रिमियर शो आईतबार सम्पन्न भएको छ । विगोयान्त कथाबस्तुमा आधारित चलचित्रले धेरै दर्शकहरुलाई रुवाएको थियो । चलचित्र हेरेपछि कान्तिपुरसंग प्रतिक्रिया दिंदैं सुभाष गुरुङले भने, ‘रोजगारीको सिलसिलामा हुने दुख र अप्रत्यासित मृत्युले मनै कुडियो । कताकता कथा आफनै वरिपरि घुमे जस्तो लाग्यो ।’
प्रभास अब दक्षिण भारतका मात्रै सुपरस्टार रहेनन् । ‘बाहुबली’ ले उनलाई सिंगो भारत र अन्तर्राष्ट्रिय स्तरमै ख्याति दिलाइसकेको छ । एकै दिनमा एक सय करोड कमाएको ‘बाहुबली २ : द कन्क्लुजन’ नेपालमा पनि लोभलाग्दो ढंगले चलिरहेको छ । फिल्म हेर्नेको ओइरो घटेको छैन ।
रिलिजको संघारमा रहेको फिल्म ‘डायरी’ ले ‘कस्तो हो यो माया भन्ने चीज...’ बोलको गीत सार्वजनिक गरेको छ । पोखराका रमणीय दृश्यलाई समेटेर फिल्मका मुख्य जोडी सन्नी सिंह र छुल्ठिम गुरुङलाई फिचरिङ गराइएको उक्त गीत सुगम पोखरेल र रजिना रिमालले गाएका हुन् ।
एकनारायण भण्डारी लोकदोहोरीका क्षेत्रमा सुपरिचित गीतकार हुन् । नेपाली जनजिब्रोमा झुन्डिने कैयौं गीत दिएका भण्डारी केही वर्षयता मनोरञ्जनका लागि मात्रै भन्दा पनि सन्देशमूलक गीतिकारितामा लागिपरेका छन् । यही मेसोमा हालै उनी नयाँ गीत र त्यसको म्युजिक भिडियोसहित आएका छन् :
जव सत्यस्वरुप आफ्नो सुमधुर गीतहरु लिएर मञ्चमा प्रस्तुत हुन्थे जम्मा भएका दर्शकहरुको ताली र वाहवाहीले हल गुञ्जायमान हुन्थ्यो । रेडियो र टेलिभिजनमा मात्र देख्दै र सुन्दै आएका अष्ट्रेलियाका नेपालीहरुले यी दुई गायक दाजुभाईलाई प्रत्यक्ष सुन्न र हेर्न यहाँका पाँचै शहरमा सयौं ब्यक्तिहरु जम्मा भएका थिए ।
‘वधशाला’ बाट डेब्यु गरेका भए पनि खगेन्द्र लामिछानेलाई उचाइमा भने दुई फिल्मले पुर्यायो । ‘टलकजंग भर्सेस टुल्के’ मा टुल्केको मुख्य चरित्रमा देखिएका खगेन्द्र लगत्तै ‘पशुपतिप्रसाद’ मा पनि शीर्ष भूमिकामा दर्शकसमक्ष आए । फिल्मसँगै उनको कामको पनि चौतर्फी प्रशंसा भयो । एक सामान्य युवकको भूमिकालाई पनि उनले उचाइ दिए ।