१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुगम संगीतमा रमाए अष्ट्रेलियाका नेपाली

नारायण खड्का

अष्ट्रेलिया — जव सत्यस्वरुप आफ्नो सुमधुर गीतहरु लिएर मञ्चमा प्रस्तुत हुन्थे जम्मा भएका दर्शकहरुको ताली र वाहवाहीले हल गुञ्जायमान हुन्थ्यो । रेडियो र टेलिभिजनमा मात्र देख्दै र सुन्दै आएका अष्ट्रेलियाका नेपालीहरुले यी दुई गायक दाजुभाईलाई प्रत्यक्ष सुन्न र हेर्न यहाँका पाँचै शहरमा सयौं ब्यक्तिहरु जम्मा भएका थिए ।

सुगम संगीतमा रमाए अष्ट्रेलियाका नेपाली

आफ्नो डेढ महिने सांगितिक प्रस्तुती लिएर अष्ट्रेलिया आएका सत्यराज आचार्य र स्वरुपराज आचार्यले अष्ट्रेलियाका बिभिन्न ५ शहरहरुमा आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गरिसकेका छन् । दोस्रोपटक सत्यस्वरुप साँझ लिएर अष्ट्रेलिया आएका उनीहरुहरुलाई डार्बिनदेखि सिड्नीसम्मका नेपालीहरुले उत्तिकै माया र प्रेम दिए । नयाँ बर्षको अवसर पारेर दक्षिण अष्ट्रेलियाको एडिलेडबाट शुरु भएको उनीहरुको यात्रा मेलबर्न, ब्रिसबन, डार्बिन र सिड्नीमा सम्पन्न भइसकेको छ भने चाँडै अर्को शहर पर्थमा आयोजना हुदैछ । अन्त्यमा, एडिलेडमा सम्मान स्वरुप सांगितिक डिनरको आयोजनाको तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।

‘अष्ट्रेलियाका नेपालीहरुले जुन माया र सम्मान हामीप्रति देखाइदिनुभएको छ त्यसको हामी बयान गर्न सक्तैनौं । शनिबार सिड्नीको कार्यक्रम सम्पन्न भएपछि गायकद्धयले कान्तिपुरसँग भने– हामी विश्वका दर्जनौ देशहरु घुमिसकेपनि यहाँ पाउने आतिथ्यता र मायामा अलग किसिमको आफ्नोपना पाएका छौं ।’ नेपाली सुगम संगीतमा बिगत दुई दशकदेखि लागिपरेका दाजुभाईको सांगितिक कार्यक्रममा युवादेखि बृद्धबृद्धासम्मले मनोरञ्जन लिएका थिए ।

नेपाली कलाकार र गीत संगीतको क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले शनिबार सिड्नीमा आयोजना गरेको कार्यक्रममा उनीहरुले डेढ दर्जन बढी गीतसंगीत प्रस्तुत गरेका थिए । आफ्ना बुबा भजन शिरोमणि भक्तराज आचार्यका गीतहरुदेखि आफ्ना नयाँ पुराना गीतहरु सुनाउदा दर्शकहरु मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा यहाँका स्थानीय गायकगायिकाहरु प्रवेश अधिकारी, सुम्निमा सिंह् र केदार बरुवालले समेत आफ्नो गीत गाएर सुनाएका थिए भने साहित्यकार राजेश्वर घिमिरेको कृति ‘गौतम बुद्धको शहर’ समेत बिमोचन गरिएको थियो ।

कार्यक्रममा इनासले कलाकार दीपक क्षेत्रीको सहयोगार्थ संकलन गरेको ३ हजार २ सय ७९ अष्ट्रेलियन डलर कलाकार क्षेत्रीलाई हस्तान्तरण गर्नका लागि गायकद्धयलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित : वैशाख २५, २०७४ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?