२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पारसमणिका गीत

काठमाडौं — गीतकार पारसमणि बराल, संगीतकार शक्ति बल्लभ र गायक सुमित खडका तेस्रो कोसेलीसाथ श्रोतामाझ आएका छन् । ‘पारसमणि ३’ राजधानीमा हालै उपर्युक्त तीनै व्यक्तित्वसहित
अभिनेत्री दीपाश्री निरौलालगायतले सार्वजनिक गरे ।

गीतकार पारसमणि बराल, संगीतकार शक्ति बल्लभ र गायक सुमित खडका तेस्रो कोसेलीसाथ श्रोतामाझ आएका छन् । ‘पारसमणि ३’ राजधानीमा हालै उपर्युक्त तीनै व्यक्तित्वसहित
अभिनेत्री दीपाश्री निरौलालगायतले सार्वजनिक गरे ।

उक्त एल्बममा सात गीत छन् : ‘तिमीलाई बाटो छेकी रुवाएको...’, ‘तिम्रो प्रेमको माला लाउँदा...’, ‘हत्केलामा कोरिएका भाग्यरेखालाई...’, ‘गहभरि आँसु आए...’, ‘बुझ्नेलाई बुझाउन इसारा नै काफी...’, ‘तिमी वर मचाहिँ पर कुन ठाउँ घर...’ र ‘आफ्नै माया बिर्सिएर...’ । स्पार्क इन्टरटेनमेन्टले निकालेको एल्बमका सबै गीतको संगीत संयोजन मनोहर सुनामले गरेका हुन् ।

चार गीतमा सुमितको स्वर सुन्न सकिन्छ । दुइटामा पारसमणि र सुमितले गाएका छन् । एउटा राष्ट्रिय भावको गीतमा शक्ति बल्लभ, पारसमणि र सुमितको स्वर सुन्न सकिन्छ, जसले भन्छ :
आफ्नै माया बिर्सिएर अर्को माया कहाँ लाऊँ
आफ्नै घरको बास छोडी, बास माग्न कहाँ जाऊँ ?

प्रकाशित : वैशाख ५, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?