३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मुना–मदन हङकङमा

काठमाडौं — महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित खण्डकाव्य मुना–मदनमा तयार पारिएको गीति नाटक ‘मुना मदन’ हङकङमा मञ्चन भएको छ ।

मुना–मदन हङकङमा

सांस्कृतिक संस्थानका कलाकारहरूले पहिलोपटक हङकङमा यो नाटक मञ्चन गरेका हुन् । पूर्वमन्त्री गोपालमान श्रेष्ठ, सांस्कृतिक संस्थानका अध्यक्ष उद्योग राई र हङकङस्थित विशिष्ट व्यक्तित्वहरूले रिबन काटेर नाटकको औपचारिक रूपमा उद्घाटन गरेका थिए । 

हङकङ एकीकृत नेपाली समाज (हिन्स) को संयोजनमा याउमा तेईस्थित हेनरी जी लङ कम्युनिटी हलमा दुईपटक प्रदर्शन गरिएको हो । १२ सदस्यीय कलाकार टोलीले तमु समाज हङकङले गरेको तमु ल्होसारमा गुरुङ समुदायमा प्रचलित नृत्य ‘कौडा’ र ‘सालैजो’ पनि प्रस्तुत गरेको थियो । कलाकारहरू दुर्गा गुरुङ, अधिराज राई, नरेन्द्रराज गुरुङ, टीका कोयी राई, मिलन गुरुङ, सुवास चाम्लिङ, चन्द्रज्योति आलेमगर, कोमल गुरुङ, कृष्णराज लावती, वसन्त श्रीनेत, चेली वनेम चाम्स, मञ्जु पुन, विनोद मल्ल र मञ्जु पुन टोलीमा छन् ।

प्रकाशित : पुस १४, २०७३ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?