१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साइन्स फिक्सन ‘बिजुली मेसिन’ हलहरुमा

काठमाडौं — विस्तारै नेपाली फिल्म पनि कन्टेन्टको खोजीतर्फ लाग्न थालेका छन् । लभस्टोरी र फयामिली ड्रामाको फर्मुलामै आधा शताब्दी गुजारिसकेको नेपाली फिल्म पछिल्ला समय सामान्य लाग्ने कथा– वस्तुलाई पनि सूक्ष्म प्रस्तुतीकरणबाट फिल्मांकन गरिन थालेको छ ।

साइन्स फिक्सन ‘बिजुली मेसिन’ हलहरुमा

सती प्रथाविरुद्ध कृष्ण धरावासी लिखित कथा ‘झोला’ मा फिल्म बनाएर दर्शकको वाहवाही बटुलेका थिए, निर्देशक यादवकुमार भट्टराईले । गतवर्ष मात्रै निर्देशक दीपेन्द्र के खनालले ‘पशुपति प्रसाद’ मा ५० हजार रुपैयाँ कमाएर मृत बाबुआमालाई स्वर्ग तार्ने सामान्य युवकको कथालाई बेजोड प्रस्तुतिमा ढाले । उक्त फिल्मले कैयौं अवार्ड मात्रै जितेन, बक्सअफिसमा पनि दर्शकको ओइरो लाग्यो ।

निर्देशक रामबाबु गुरुङले पनि माओत्से गुरुङको डुंगाबीच दुई गरिब माझी दाजुभाईको द्वन्द्वलाई समेटेर ‘पुरानो डुंगा’ मार्फत् दर्शकमा फरक स्वाद दिन आँट गरे । त्यस्तै आँट यतिबेला युवा जोस बोकेका नवीन अवालले आफ्नै पटकथामा फिल्म ‘बिजुली मेसिन’ लिएर आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘बिजुली मेसिन’ लाई पहिलो नेपाली साइन्स फिक्सन फिल्म भनिएको छ । विज्ञान पढ्दै गरेका दुई कलेज विद्यार्थीले देशमा विद्यमान चरम बिजुली संकटलाई सानो स्केलमा भए पनि टार्नका लागि आवाजबाट बिजुली निकाल्ने प्रयासलाई फिल्ममा समेटिएको छ । ‘बिजुली मेसिन’ ले बिहीबार साँझ नै हात्तीसारस्थित जय नेपाल हलमा प्रिमियर सोसमेत गर्‍यो । उक्त सोमा उपस्थित भएका निर्देशक निश्चल बस्नेतले फिल्म, निर्देशक र कलाकारको तारिफ गरेका थिए ।

‘निर्देशक मिहिनभन्दा मिहिन कुरामा पनि खेल्न सफल छन् । यस्तो फिल्म विद्यार्थीले हेर्दा झनै उत्प्रेरणा जाग्न सक्छ । मलाई त फिल्म सुन्दर लाग्यो,’ निर्देशक बस्नेत ‘बिजुली मेसिन’ उनले भने । प्रिमियरमा निश्चलसहित निर्देशक हेमराज बिसी, प्रदीप भट्टराई, कलाकार मेनुका प्रधान, वर्षा राउत, विपिन कार्की, रवीन्द्रसिंह बानियाँसहित फिल्म युनिटको उपस्थिति थियो ।

प्रकाशित : मंसिर १८, २०७३ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?