१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आदिवासी सुन्दरीले देखाए प्रतिभा

काठमाडौं — ग्लोबल मिस इन्डिजिनियस हेरिटेज नेपाल– २०१६ का सुन्दरीहरू शनिबार ट्यालेन्ट राउन्डमा उत्रे । नेपालका विभिन्न आदिवासी जनजाति समुदायका युवतीको प्रतिभा प्रस्फुटन तथा भाषा, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले गरेको प्रतियोगितामा देशभरका ५० युवती सहभागी छन् ।

आदिवासी सुन्दरीले देखाए प्रतिभा

ग्लोबल मिस इन्डिजिनियस हेरिटेज नेपाल– २०१६ का सुन्दरीहरू शनिबार ट्यालेन्ट राउन्डमा उत्रे । नेपालका विभिन्न आदिवासी जनजाति समुदायका युवतीको प्रतिभा प्रस्फुटन तथा भाषा, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले गरेको प्रतियोगितामा देशभरका ५० युवती सहभागी छन् ।

‘प्रिजजिङ राउन्ड’ का रूपमा समेत गरिएको शोमा धेरैले नृत्य प्रस्तुत गरे, केहीले गायन र अभिनय । मिलन शाक्य, लक्ष्मण महर्जन, जीवेश्वरलाल श्रेष्ठ, उज्ज्वलकृष्ण श्रेष्ठ, मञ्जु श्रेष्ठ, संजोग लाफामगर, गायक निर्णय श्रेष्ठ, राजन राई, ब्युटिसियन सुष्मा महरालगायत निर्णायकका रूपमा थिए ।

रोहिया महर्जनको डान्स कोरियोग्राफीमा हुने प्रतियोगिताको फाइनल चैत १३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने आयोजक प्यासिफिक इभेन्ट एन्ड म्यानेजमेन्टले जनाएको छ ।

प्रकाशित : चैत्र ८, २०७२ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?