१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘कबड्डी कबड्डी’ ट्रेलर रिलिज : ‘जन्ती जाने दिन मंसीर ११’

काठमाडौं — ट्रेलरमा ‘राँगो चढ्ने दिन’ भन्दै आक्रामक प्रचारप्रसार गर्दै प्रदर्शनमा आएको फिल्म ‘कबड्डी’ गत वर्षको सफल फिल्म बन्यो । यतिबेला सोही फिल्मको सिक्वेल ‘कबड्डी कबड्डी’ को ट्रेलर रिलिज भएको छ ।

‘कबड्डी कबड्डी’ ट्रेलर रिलिज : ‘जन्ती जाने दिन मंसीर ११’

यसपटक भने ट्रेलरले ‘जन्ती जाने दिन’ भन्दै मंसीर ११ लाई रिलिज मिति तोकेको छ । सोमबार सार्वजनिक ट्रेलरले सिक्वेल फिल्ममा सोल्टिीनको प्रेमसँगै दलीय राजनीतिको रंग पनि मिसिएको देखिन्छ ।

‘पहिलेको फिल्म (कबड्डी) ले भन्दा यो फिल्मले अलि बढि नै रमाइलो दिन्छ की ?’ ट्ेरलर रिलिजको कार्यक्रममा बोल्ने क्रममा फिल्मका निर्माता निश्चल बस्नेतले भने, ‘यसपटक दर्शकलाई अलि बढी सेन्सेबल पनि बनाउँछ होला ।’ ‘कबड्डी’ भने पूर्णत: डार्क कमेडीमा आधारित थियो ।

‘कबड्डी’ कै कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, बुद्धि तामाङ, बिजय बराल, अरुणा कार्की, पशुपति राईसँगै यसपटक ‘कबड्डी कबड्डी’ मा सौगात मल्ल पनि भित्रिएका छन् । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् भने पटकथा लेखनमा रामबाबुले यसपटक पनि कवि उपेन्द्र सुब्बाको साथ लिएका छन् ।



‘रामबाबुले ‘कबड्डी कबड्डी’ गर्ने भन्दा पहिले त मैले सिक्वेल गर्ने र ? भनेको थिए,’ ‘लुट’ फिल्मका निर्देशक निश्चल आफू लुटको सिक्वेलको पक्षमा नरहेको बेला आएको रामबाबुको सुरुवाति प्रस्तावको संस्मरण गर्दै थपे, ‘‘कबड्डी’ मा हामीले धेरै गल्ती गरेका थियौं । सेटमै पुगेर रामबाबुले थुप्रै इम्प्रोभाइज गर्दा हामी कलाकार रनभुल्लमा समेत पथ्र्यौं । यसपटक प्राविधिक रुपमा पनि धेरै सबल बनेको छ,’ ‘कबड्डी’ का कलाकार समेत रहेका निश्चलले अनुभव सुनाउँदै थपे, ‘पहिलो फिल्म सुख दु:खमा बनाएकोले नै आजको दिन निम्तिएको हो ।’ निर्देशक रामबाबुले भने ‘कबड्डी कबड्डी’ पनि राम्रो बनेको आशा लिएको संक्षिप्त प्रतिक्रिया दिए । अभिनेता सौगातले फिल्म गर्दाको अनुभव रमाइलो भएको सुनाए ।

मुस्ताङको थकाली समाजको कथा पृष्ठभुमिमा रहेको फिल्ममा यसपटक दयाहाङ राई र सौगात मल्ल अभिनित दुई चरित्रबीचको भिडन्त देख्न पाइनेछ । सिनेमाटोग्राफर शैलेन्द्रध्वज कार्कीले फिल्म प्रोडक्सनका हिसाबले आफ्नो सम्झना योग्य फिल्म भएको जिकिर गरे । उनले सम्झिए, ‘फिल्मको दृश्य गर्दा कतिपटक म आफैं हाँसेर क्यामेरा हल्लाएको छु । स्ट्यान्ड लगाएर खिच्नुपर्‍यो,’ उनले सुनाए ।

 

प्रकाशित : आश्विन ४, २०७२ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?