कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘म शाहरुखको क्रेजी फ्यान’

(एजेन्सी)

मुम्बई — आलीया भट्टले बलिउडमा प्रवेश गरेको तीन वर्ष मात्र पुग्यो । तर, उनलाई आफ्नो क्षमता देखाउन त्यती समय नै काफी भयो । २२ वर्षीया अभिनेत्रीसँग अहिले हातभरि फिल्म छन्। 'हिन्दुस्तान टाइम्स'ले गरेको यो अन्तर्वार्तामा उनले आफूले शाहरुख खानसँग खेल्न लागेको नयाँ फिल्म र 'सानदार'मा आफू लगाएको बिकिनीबारे चर्चा गरेकी छिन् ।

‘म शाहरुखको क्रेजी फ्यान’


तपाईँ भरखरै डिटक्स ट्रिपबाट फर्किनु भएको छ । कस्तो रह्यो ?
एकदमै राम्रो । म निकै फुर्तिलो महसुस गरिरहेकी छु । त्यहाँ हुँदा एकदमै मिठो मिठो खान मन लाग्ने रहेछ । मैले खाएँ पनि । तर, धेरैभन्दा धेरै स्वच्छ र ताजा खानेकुरा खाएँ । खुब व्यायम, स्विमिङ गरेँ । पढें । धेरै समय आफैसँग मात्र बिताएँ ।

शाहरुख खानसँग गाैरी सिन्देको फिल्म गर्दै हुनुहुन्छ । उत्साहित हुनुहोला हैन ?
उत्साहित नहुने कुरै भएन नि । मेरो सपना साकार भएको छ । म गौरी सिन्देसँग काम गर्न पनि उत्तिकै उत्साहित छु । उनको पहिलो फिल्म 'ईंग्लिस विंग्लस' मलाई निकै मन परेको थियो ।

तपाईं शाहरुखको फ्यान हो ?
हो नि । मैले उनको सबै फिल्म हेरेकी छु । क्रेजी फ्यान हुँ । सानो छँदा 'दिलवाले दुल्हनिया ले जाएंगे', 'कुछकुछ होता है' कयौंपटक हेरियो । प्राय हरेक आइतबार जसो दुई मध्ये एक फिल्म टिभीमा आउँथ्यो, कहिले 'कभी खुशी कभी गम' पनि । हरेक पटक यी फिल्म अाउँदा मैले हेरेकी छु । मेरो बुबा महेश भट्टले पनि शाहरुखसँग काम गरेका छन् । त्यसैले पनि उनी कस्ता कलाकार हुन् भन्ने मलाई थाह छ । मलाई उनको मिहेनत, लगनका बारे थाह छ । उनी सबैलाई मोहित बनाउन सक्छन् ।

यो फिल्म कास्टिङका कारण पहिल्यै चर्चामा छ नि हैन ?
थाहा छ । त्यसको घोषणा हुने बित्तिकै मान्छेहरू हैरान भएका थिए । तर, म त्यसका बारे केही बोल्न चाहन्न । म चुप लागेरै बस्छु । फिल्मको ट्रेलर र फिल्मले नै सबै कुरा भनोस् भन्ने मेरो चाहना छ । कथावस्तुलाई पनि केही सम्मान गर्नुपर्छ । त्यसैले केही समय कुरौं ।

तपाईंले सानदारमा लगाएको बिकिनीले पनि बजार निकै तताएको छ । यस्तो प्रतिकृयाको अपेक्षा थियो ?
बिकिनी सट दिन पाउँदा मलाई खुशी लागेको छ । यद्यपि मेरो शरीर बिकिनी लगाउने खालको पनि छैन । मैले त्यसबाट धेरथोर जे प्रशंसा पाएँ, खुशी छु । मैले त्यो अन्य कुनै कारणले लगाएको पनि होइन । मलाई राम्रोसँग थाह छ मलाई बिकिनी सुहाउँदैन । अब त्यो केही समय हुँदैन पनि । म केही समय अझै मिहेनत गरेर शरिर बनाउँछु । मैले त्यो रिलिज भएपछि भोलीपल्ट क्याट्रिनालाई भेटेको थिएँ, उनले पनि तारिफ गरिन् । क्याट्रिनाले पनि मन पराएपछि मलाई धेरै चिन्ता गरिरहनुपर्दैन जस्तो लाग्यो । (उनी हाँस्छिन्)

तपाईंले तीन वर्षमा विविध किसिमका रोलहरु गर्नुभएको छ ।
भिन्न भिन्न रोल गर्न मलाई रमाइलो लाग्छ । नयाँनयाँ काम गर्न मलाई सधैं मनपर्छ ! तर, रोज्नका लागि अवसर पाउनु मेरो भाग्य पनि हो ।

तपाईंले केही दिन अघि सिद्धार्थ मल्होत्राको परिवारलाई भेटेको हो ? केही पाक्दै छ ?
छैन । सिद्धार्थले मेरो बारे केही राम्रो भने । मलाई त्यो निकै मन पर्‍यो । उनले मलाई हामीले गरिरहेको नयाँ फिल्मको सेटमा भेटिरहेको बताएका थिए । म पनि त्यही भन्छु, ‘हो, मैले सिडलाई दिनदिनै कुनुर (तामिल नाडु)को सेटमा भेटेकी छु । म उनलाई उनीसँग काम गर्दा भेट्छु । म उनलाई टिभीमा पनि धेरै देख्छु ।’ (उनी मुस्कुराउँछिन्)

तपाईंले गर्नुभएको लगभग सबै फिल्म हिट भएका छन् ।
मलाई यस्तो धेरै लामो समय हुँदैन भनेर डर लाग्छ । (उनी हाँसछिन्) म केवल मेरो यो ट्रयाक रेकर्ड कायम रहोस् भनेर कामना गर्छु । मैले साँच्चै भनेको त्यो मानेमा म भाग्यमानी हो । मैले मिहेनत पनि गरेकी छु ।

तपाईं कहिल्यै त्यसका कारण दबाब महसुस गर्नुहुन्छ ?
गर्छु । थोरै दबाब त भइहाल्छ नि । तर, मलाई लाग्छ दर्शक पुरा फिल्म हेर्न आउँछन्, केही मलाई पनि हेर्न आउलान् (उनी मुस्काउँछिन्) । त्यसैले मेरो ध्येय भनेको दर्शकको मनोबललाई बुझेर राम्रो फिल्म गर्ने नै हुन्छ ।

तपाईंको सामान्य ज्ञानलाई लिएर निकै जोक्सहरू बनाइएका छन् । कतिको नराम्रो लाग्छ ?
दिक्क लाग्छ । एक समय रमाइलो लागेको थियो । अहिले मनै पर्दैन । मरेतुल्य फिल हुन्छ । मैले अरु केही गल्ती गरेपछि सायद त्यसबारे कुरा गर्न छोड्छन् कि । (उनी मुस्कुराउँछिन्)

प्रकाशित : भाद्र १६, २०७२ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?