सर्वाधिक कमाउनेमा जेनिफर

काठमाडौ — वर्ष २०१४ मा हलिउडमा सर्वाधिक कमाइ गर्ने फिल्मका आधारमा नायिका जेनिफर लरेन्स अग्रपंक्तिमा आएकी छन्।

सर्वाधिक कमाउनेमा जेनिफर
२४ वर्षीया नायिकाले छोटो समयमै गतिलो सफलता हात पारिरहेकी छन्। ओस्कार विजेता जेनिफरका यस वर्ष मुख्य दुई फिल्म रिलिज भए। जसमा 'एक्स मिन : डेज अफ फ्युचर पास्ट' र 'द हंगर गेम्स : मोकिङजे' को पहिलो भाग रिलिज भएका थिए। बक्सअफिसमा दुवै फिल्मले तहल्का पिटे। दुई सय मिलियन डलर बजेटमा बनेको 'एक्स मिन' फिल्मले बक्सअफिसमा साढे सात सय मिलियन डलर कलेक्सन गरेको थियो भने एक सय २५ मिलियन बजेटको हंगर गेम्सको सिरिजले बक्सअफिसमा ६ सय ५० मिलियन डलर कमाएको थियो। त्यसो त यसै वर्ष जेनिफरको 'सेरेना' फिल्मको पनि प|mान्समा रिलिज भइसकेको छ। अमेरिकामा भने हुन बाँकी नै छ। यस कारण यसको कमाइको ठूलो हिस्सा अझै जोडिन बाँकी छ।
जेनिफरका लागि सबल पक्ष केवल उनी सिरिजवाला फिल्मका कारण मात्रै चर्चित भएकी होइनन्। जेनिफरले आफूलाई
ड्यानियल र्‍याडलिफ, एम्मा वाट्सन, क्रिस्टेन स्टुवार्ट र रोबर्ट प्याटिन्सनजस्ता बक्सअफिस हिट सिरिजवाला फिल्मकै कारण काम र दाम पाउनेभन्दा अलग राख्न सकेकी छन्। जेनिफरकै कारण पनि फिल्म बक्सअफिसमा हिट बनेका छन्। 'हंगर गेम्स' सिरिजकी नायिका जेनिफरका त्यसबाहेकका 'एक्स मिन', 'अमेरिकी हसल' र 'सिल्भर लाइनिंग्स प्लेबुक' ले पनि राम्रो कमाइ गरेका थिए।
वर्ष २०१४ मा जेनिफरका फिल्मले समग्रमा एक अर्ब ४० करोड डलर कलेक्सन गरेका थिए। केही महिनाअघि मात्रै न्युड फोटो इन्टरनेटमा लिक भएर तनावमा आएकी जेनिफरलाई उक्त घटनाले बक्सअफिसमा भने खासै असर पुर्‍याएन। २०१५ मा पनि उनको 'द हंगर गेम्स : मोकिङजे' को दोस्रो भाग रिलिज हुने भएपछि कमाइमा प्रभाव देखिने अनुमान छ। ग्लोबल बक्सअफिस कलेक्सनका आधारमा गरिएको सर्वेक्षणमा जेनिफरपछि क्रिस प्राट वर्षका सर्वाधिक कमाइ गर्ने फिल्मका कलाकारमा परेका छन्। उनको 'गार्जियन्स अफ द ग्यालेक्सी' ले अप्रत्यासित रूपमा बक्सअफिसमा गतिलो कमाइ गरेको थियो। त्यसबाहेक उनको स्वर रहेको फिल्म 'द लेगो मुभी' सहित उनका दुई फिल्मले वर्षभरमा १ अर्ब २० करोड डलर कलेक्सन गरेका थिए। त्यसैगरी, यसै वर्ष छोरीकी आमासमेत बनेकी स्कारलेट जोहान्सनका फिल्मको कुल आम्दानी क्रिसको भन्दा २ करोड मात्रैले पछि छ। यसमा उनका 'क्याप्टेन अमेरिका', 'लुसी' र 'अन्डर द स्किन' फिल्म सामेल रहे। त्यसैगरी 'ट्रान्सर्फमस्' का मार्क वालवर्ग चौथो, 'क्याप्टेन अमेरिका' कै स्टार क्रिस इभान्स पाँचौंमा
आए भने एम्मा स्टोन, एन्जेलिना जोली क्रमशः छैटौं र सातौं सर्वाधिक कमाइ गर्ने फिल्मका कलाकारमा चिनिए।

प्रकाशित : पुस १३, २०७१ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?