१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

जिरे-खुर्सानी उत्सव

काठमाडौ — हास्य टेलिशृंखला 'जिरे खुर्सानी' ले प्रसारणको तीन सयौं भाग पूरा गरेको अवसरमा सोमबार राजधानीमा सानातिनो उत्सव मनाएको छ ।

जितु नेपाल र शिवहरि पौडयाल निर्देशित उक्त सिरियल ६ वर्षदेखि नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ ।
एभरेस्ट होटलमा आयोजित समारोहमा मिडिया हबले उक्त सिरियलका कलाकार तथा प्राविधिकलाई सम्मानसमेत गर्‍यो । हब अध्यक्ष भाष्करराज कणिर्कार, अभिनेताहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष कुन्दन खनाल, महाप्रबन्धक गम्भीरकान्त मैनालीले कलाकार र प्राविधिकलाई ट्रफी हस्तान्तरण गरेका थिए । सम्मानित भएकामा कलाकारतर्फ शिवहरि, जितु, सारांश थपलिया, लक्ष्मी केसी, जयनन्द लामा, देवीराम पराजुली, किरण केसी, अञ्जु महर्जन, मनोज आचार्य, सीताराम कट्टेल, केदार घिमिरे, दमन रूपाखेती, अरुणिमा लम्साल, चेतन सापकोटालगायत छन् । त्यस्तै, प्राविधिकतर्फ मोहनराज श्रेष्ठ, यादव थापा, नीरज नेपाल, पुरुषोत्तम घिमिरे, उत्तम सिलवाल र विजय उरावलगायत सम्मानित भए ।
महजोडीले 'जिरे खुर्सानी' ले कलाकारिता क्षेत्रमा व्यावसायिकताको विकास गरेर कलाकारको जीवनमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनीहरूले देश र उद्योगमा हडताल, बन्द नहोस् भन्दै राम्रो टेलिसिरियल निर्माणका लागि राम्रै वातावरण बन्ने कामनासमेत गरे ।




प्रकाशित : श्रावण ५, २०६७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?