कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बेलायतमा हुलदंगा भएका स्थानमा नजान नेपाली दूतावासको आग्रह

श्रावण २२, २०८१
बेलायतमा हुलदंगा भएका स्थानमा नजान नेपाली दूतावासको आग्रह

लन्डन — बेलायतस्थित नेपाली दूतावासले केही दिनदेखि बेलायतका विभिन्न सहरमा विरोध प्रदर्शन तथा हुलदंगा मच्चिएकाले सतर्क रहन नेपालीहरूलाई आग्रह गरेको छ । 

दूतावासले मंगलबार एक सूचना जारी गर्दै प्रदर्शन तथा हुलदंगा भएका स्थानको भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन आग्रह गरेको हो । त्यसका साथै दूतावासले बेलायत भ्रमण गर्न लागेका नेपालीलाई पनि सतर्क रहन भनेको छ ।

‘हालै केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन/हुलदंगा चलिरहेको हुँदा बेलायतमा रहनुभएका एवं बेलायत भ्रमण गर्न लाग्नुभएका सम्पूर्ण नेपाली नागरिकहरूलाई त्यस्ता स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिन्छ,’ दूतावासले सूचनामा उल्लेख गरेको छ ।

नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन र स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचना ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।

दूतावासले नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न बेलायतस्थित नेपाली संघ संगठनहरुलाई आफ्नो संस्था र समुदायलाई अनुरोधसमेत गरेको छ ।

कोही कसैलाई अप्ठ्यारो परेको खण्डमा सम्पर्कका लागि दूतावासले टेलिफोन नम्बर र इमले ठेगाना समेत सार्वजनिक गरेको छ ।


प्रकाशित : श्रावण २२, २०८१ २२:२२
x
×