कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

नेपथ्य अमेरिका श्रृंखला कोलोराडोको बोल्डरमा

श्रावण २१, २०८१
नेपथ्य अमेरिका श्रृंखला कोलोराडोको बोल्डरमा

अमेरिका — नेपथ्य अमेरिका श्रृंखला २०२४ यात्राको सुरुवात कोलोराडोको बोल्डरबाट भएको छ । अमेरिकाका सातवटा शहरहरुमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने हिसाबले साँगीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुति बोल्डरमा गरेको हो ।

नेपथ्य अमेरिका श्रृंखला २०२४ यात्राको सुरुवात कोलोराडोको बोल्डरबाट भएको छ । अमेरिकाका सातवटा शहरहरुमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने हिसाबले साँगीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुती बोल्डरमा गरेको हो ।

‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ गीतका भिडियोसंगै कन्सर्टको सुरुवाती प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो । त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दियो । कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थितिले खुशी लागेको ब्याण्डका अमृत गुरुङले बताए ।

कन्सर्टको अन्तिमतिर अमृतले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्र उफ्रिने दर्शकहरुको संख्या बढ्नपुगेको थियो । त्यसले ‘रेशम’, ‘तालको पानी’ र अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ सम्म पुग्दा क्रमशः दर्शकहरुमा उत्तेजनाको पारो बढाउँदै लगेको थियो ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

स्थानीय आयोजक ‘कोशेली कोलोराडो’ समूहले नेपथ्यको प्रस्तुती कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली कार्यक्रम रहेको र भब्य रुपमा 'सोल्ड आउट' सहित सभ्यरुपमा सफल भएको प्रतिक्रिया दिएको छ ।

अमेरिका यात्राको प्रथम कन्सर्ट भब्य रुपमा सम्पन्न भएसंगै अबको दोश्रो प्रस्तुती अमेरिकाको पश्चिमी तटीय समृद्ध सहर सानफ्रान्सिस्कोमा हुनेछ । त्यहाँस्थित ‘वारफिल्ड थिएटर’ मा अगस्त १० तारिखका दिन नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदैछ ।

त्यसपछि भने ब्याण्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ ।

प्रकाशित : श्रावण २१, २०८१ ०८:२२
x
×