कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एनआरएनए कप बीवाईएनसीले जित्यो

श्रावण २१, २०८१
एनआरएनए कप बीवाईएनसीले जित्यो

लन्डन — पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाईएनसी) ले जितेको छ । एनआरएनए यूकेले शनिबार लन्डन फेल्थाममा गरेको पहिलो फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउन्ड नगद र पदक प्राप्त गरेको हो । रनरअप भएको प्लमस्टिड गनर्सले एकहजार पाउन्ड नगद र मेडल प्राप्त गरेको छ । 

उता, भेट्रान वीनर बन्यो ड्याडीज एफसी । उक्त टिमले एक हजार पाउन्ड नगद र मेडल प्राप्त गर्‍यो भने भेट्रान रनर अप भएको इन्टेक ०४ ले ५ सय पाउन्ड नगद र मेडल पायो ।

नन भेट्रानतर्फ ७ गोल गरि हाइऐस्ट स्कोरर केल्भिन भए भने वेष्ट प्लेयर विशाल तामाङ । त्यसैगरि, भेट्रानतर्फ हाइऐस्ट स्कोरर कविर गुरुङ र वेष्ट प्लेयर खुम गुरुङ भए । प्रतियोगितामा नन भेट्रान २४ र भेट्रान १६ गरि कुल ४० टिमले प्रतिष्पर्धा गरेका थिए ।

प्रमुख अतिथी अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ लगायतले विजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरे ।

बेलायतका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गरिएको हो ।

प्रमुख अतिथि सांसद बेकरले आफू सांसद निर्वाचित भएपछि नेपालीको पहिलो विशाल कार्यक्रममा सहभागी हुन पाएकामा कृतज्ञता व्यक्त गर्दै खेलले सबै समुदायलाई एकतावद्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा नेपालीहरुको बढ्दो उपस्थितिले समाज थप समृद्ध बनेको उल्लेख गर्दै भूतपूर्व गोर्खाहरुका जायज माग सम्बोधनका लागि आफू गम्भीर भएर लाग्ने प्रण पनि गरिन् ।

अध्यक्ष प्रेम गाहामगरले पहिलो एनआरएनए कप पूर्ण सफल भएको जनाउंदै उत्साहजनक सहभागिताका लागि आमदर्शक, आर्थिक सहयोग गर्ने प्रायोजक, दाता एवं खेलाडीहरुप्रति आभार व्यक्त गरे ।

प्रतियोगिता सफल बनाउन युवा तथा खेल संयोजक विशाल राई, सहसंयोजक एवं आर्थिक संयोजक असल लिम्बु, सदस्य सचिव निकेश लिम्बु, प्रतियोगिता सफल बनाउन युवा तथा खेल संयोजक विशाल राई, सहसंयोजक एवं आर्थिक संयोजक असल लिम्बु, सदस्य सचिव निकेश लिम्बु, एनआरएनए यूके स्पोर्टस् डेभलप्मेन्ट चिफ एडभाइजर डब्लुओवान सुरेश गुरुङ लगायतले प्रमुख भूमिका निर्वाह गरेका थिए ।


प्रकाशित : श्रावण २१, २०८१ ०७:५७
x
×