कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दोहामा साहित्यकार कृसु क्षेत्रीको एकल कविता वाचन

काठमाडौँ — कतारको राजधानी दोहामा शुक्रबार साहित्यकार कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ पुराना एकदर्जन कविता मार्फत् समसामयिक घटना र प्रवासको जीवनको चित्रण गरेका थिए ।

दोहामा साहित्यकार कृसु क्षेत्रीको एकल कविता वाचन

११५ औँ लक्ष्मी जयन्तीको उपलक्ष्यमा गैर आवासीय नेपाली संघ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोर संयुक्त रुपमा कविता वाचन कार्यक्रम आयोजना गरेका थिए ।

कवि गजलकार एवं अनेसास कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्ट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।

कार्यक्रमका सभापति कार्कीले विभिन्न देशमा कूटनीतिक जिम्मेवारी सम्हाल्दै पनि नेपाली भाषा साहित्यको सेवा गरिरहेका क्षेत्रीले नेपाली साहित्यका लागि महत्वपूर्ण योगदान दिएको बताए । यस्तै गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष भट्टले साहित्यकार क्षेत्रीको एकल वाचनको कार्यक्रम राख्न पाउँदा आम कतारवासीलाई गर्व लागेको बताए ।क

प्रकाशित : मंसिर २, २०८० २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनबारे तपाईंको धारणा के छ ?