एनआरएनए युवा उपसंयोजकमा उम्मेदवारी दिने विसुन्केको घोषणा

काठमाडौँ — गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को युवा उपसंयोजकमा शंकर विसुन्केले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले एनआरएनए आईसीसीको २०२३- २०२५ कार्यकालका लागि क्षेत्रीय युवा उपसंयोजकका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरण गर्न उम्मेदवारी दिन लागेको बताए । ‘अमेरिका क्षेत्रका युवाहरूलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारीलगायत विभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गर्ने लक्ष्य छ’, उनले भने ।
नेपाल प्रहरीमा ७ वर्ष सेवा गरेका विसुन्के वैदेशिक रोजगारीको लागि यूएई गएका थिए । यूएईबाट उनी २०७५ सालमा अमेरिका गएका हुन् ।
प्रकाशित : आश्विन १३, २०८० १७:४२