कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

गैरआवासीय नेपाली संघको अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष चितवनका राजेन्द्रकुमार (आरके) शर्माले आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बुधबार घोषणा गरेका छन् । शर्मा एनआरएनका उपाध्यक्ष हुन् ।

गैरआवासीय नेपाली संघको अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

शर्माले दुई दशकदेखि आफ्नो कमथलो मुलुक कतारको राजधानी दोहामा खाडीसहितका एनआरएनका अभियान्ताहरुको बृहत भेला आयोजना गरी अध्यक्षमा आफ्नो उम्मेदवारी दिने घोषणा गर्दै ‘गैरआवासीय नेपालीको अभियान : स्वदेशमा लगानी र प्रवासमा सम्मान’को लागि २४ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।

संघर्षपूर्ण र पीडादायी जीवन कहानी बोकेको आफूहरुजस्तो परदेशी प्रवासीले जन्मभूमि नेपाललाई समृद्ध बनाउने कर्तव्य पनि हाम्रो काँधमा रहेकोले एनआरएनएलाई थप बलियो र प्रभावकारी भूमिका बढाउन अध्यक्षमा उम्मेदवारी दिन लागेको शर्माले बताए ।

शर्माले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने बताए । 'फुटेको होइन, जुटेको एनआरएन बनाउनेछौं', उनले भने, 'मैले आईसीसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भइ जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाईं हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।'

कतारको निर्माण कम्पनीको व्यवसायमा स्थापित शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव हुँदै आईसिसी उपाध्यक्षमा पुगेका थिए ।

प्रकाशित : आश्विन ११, २०८० १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?