इनास अमेरिकाको अध्यक्षमा केसी

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित भएका छन् । आइतबार अमेरिकाको मेरिल्यान्ड राज्यमा भएको राष्ट्रिय अधिवेशनबाट केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो‚ जसअनुसार वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार, उपाध्यक्षमा रिता श्रेष्ठ र अंकुश नेपाल निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा प्रकाश नेपाल ,कोषाध्यक्ष दिनेश कार्की र सह–कोषाध्यक्षमा मनिष शर्मा चयन भएका छन् । कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपालचन्द्र लामिछाने चयन भएका छन् । सदस्यहरुमा अनिल तिमल्सेना,अरुणा कार्की,गोपाल अधिकारी,अमिता लामा र विश्व पौडेल निर्वाचित भएका छन् ।
यसैगरी विभिन्न राज्य समितिमा पदाधिकारी र सदस्य निर्वाचित भएका छन । केन्टकी राज्य समितिको अध्यक्षमा गोपाल नेपाल ‘फिस्टे’, मेरिल्याण्डको अध्यक्षमा लक्ष्मण पौडल, भर्जिनियाको अध्यक्षमा अर्जुन घिमिरे निर्वाचित भएका छन् ।
प्रकाशित : आश्विन ९, २०८० १३:४२