२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

फ्रान्समा नेपाल महोत्सव

पेरिस — फ्रान्सको राजधानी पेरिसमा शनिबारदेखि दुईदिने नेपाल महोत्सव सुरु भएको छ । नेपाली सांस्कृतिक गृह, फ्रान्सले नेपाली परम्परा, कलासंस्कृति, पर्यटनलगायत प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आएको हो । फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले महोत्सव उद्घाटन गरे ।

फ्रान्समा नेपाल महोत्सव

महोत्सवले विदेशीलाई नेपालको विविधताबारे जानकारी दिने, पर्यटन प्रवर्द्धन गर्ने, दोस्रो पुस्तालाई नेपालबारे जानकारी दिने र दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उनले बताए । ब्वा द भाँसेन पार्कमा आयोजित १८ औं महोत्सवमा नेपालको विविध जानकारीसहितका स्टल छन् ।

सांस्कृतिक प्रस्तुति हुनुका साथै परम्परागत झाँकी, मण्डला, रोटेपिङ पनि प्रदर्शनमा राखिएको छ । कुमारीको रथ तान्ने यात्रा र लाखे नाच विशेष आकर्षण बनेको छ । महोत्सवमा नेपालका र नेपालसम्बन्धी विभिन्न संघसंस्था, व्यवसायी, नेपालबारे फ्रान्सेली अध्येता, कलाकर्मीलगायत सहभागी छन् ।


प्रकाशित : जेष्ठ २१, २०८० २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?