२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

एनआरएन तावुकको अध्यक्षमा नरबहादुर खतिवडा चयन

काठमाडौँ — साउदी अरबस्थित गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति तावुकको अध्यक्षमा नरबहादुर खतिवडा चयन भएका छन् ।  खतिवडाको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

एनआरएन तावुकको अध्यक्षमा नरबहादुर खतिवडा चयन

साउदी अरबको राजधानी रियादबाट झन्डै १५ सय किलोमिटर टाढा रहेको तावुकमा समितिको अधिवेशनले खतिवडालाई निर्विरोध चयन गरेको हो । जसमा उपाध्यक्षद्वय युवराज पोखरेल र ओम थापा, सचिव बुद्धिप्रसाद वास्तोला, सहसचिव ज्ञानभक्त खड्का, कोषाध्यक्ष दीपक कार्की, सहकोषाध्यक्ष प्रकास थापा, प्रवक्ता शक्ति भट्ट, युवा संयोजक विक्रम तिमल्सिना रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सुमन कार्की, विकास झा, राजेश सिर्पाली, आईबी गुरुङ, निलेश घिमिरे, राजकपुर अधिकारी, अप्सरा बुढाथोकी, सावित्रा बन, रेशम थापा र रमेश गुरुङ रहेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०८० १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?