कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नेपाल- स्पेन कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्ष : म्याड्रिडमा सांस्कृतिक कार्यक्रम

काठमाडौँ — नेपाल–स्पेन कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औं वर्षको अवसरमा म्याड्रिडमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्पेनस्थित नेपाली दूतावासले आइतबार आयोजना गरेको कार्यक्रममा स्पेनको परराष्ट्र मन्त्रालयका उत्तरी अमेरिका, पूर्वी युरोप, एसिया र प्रशान्त क्षेत्रका महानिर्देशक जेभियर सालिडोले सम्बोधन गर्दै नेपाल–स्पेन सम्बन्धको बलियो रहेको बताएका थिए ।

नेपाल- स्पेन कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्ष : म्याड्रिडमा सांस्कृतिक कार्यक्रम

उनले पर्यटन, संस्कृति, ग्यास्ट्रोनोमी (खाना र संस्कृति बीचको अध्ययन) र हरित ऊर्जालगायत क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने इच्छा व्यक्त गरेका थिए ।

दूतावासका अनुसार उक्त कार्यक्रममा सन् २०२६ देखि नेपालमा वार्षिक एक लाख स्पेनी पर्यटक पठाउने लक्ष्य राखिएको बताइएको थियो । जलवायु परिवर्तनका कारण हिमाल र हिउलाई परेको असरको बारेमा पनि सचेतना फैलाउन कार्यक्रम गरिएको दूतावासले जनाएको छ ।

स्पेनका लागि नेपालकी राजदूत शर्मिला ढकाल पराजुलीले कार्यक्रम साझा मूल्य मान्यता, साँस्कृतिक आदान–प्रदान र विभिन्न क्षेत्रमा सहयोगात्मक प्रयासहरूद्वारा विशेषता भएको दुई देश बीच रहेको दिगो साझेदारीको प्रमाण भएको बताइन् । कार्यक्रममा प्रसिद्ध पर्वतारोही एड्रियाना ब्राउनलीले हिमाल र स्थानीयहरूमा जलवायु परिवर्तनको प्रभावहरू विरुद्ध तुरुन्त काम गर्न आग्रह गरिन् ।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आठ अग्लो हिमालको नाममा राखिएका आठ वटा घोडाको प्रदर्शनी गरिएको थियो । प्रत्येक पर्वतको संक्षिप्त विवरण राखिएको थियो । उक्त प्रदर्शनपछि घोडा दौड सुरु भएको थियो । अन्नपूर्ण नामको घोडाले दौड जितेको थियो ।

प्रकाशित : जेष्ठ १, २०८० ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?