दक्षिण कोरियामा रहेका लिम्बूहरूले सिरिजंगा लिपि सिक्ने

गोकुल थोकर

सोल, दक्षिण कोरिया — दक्षिण कोरियामा रहेका लिम्बूहरूले हराउादै गएको आफ्नो भाषालाई संरक्षण गर्नका लागि सिरिजंगा लिपि सिक्ने भएका छन् । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले मे २१ देखि हरेक आइतबार अनलाइनमार्फत कार्यक्रम गर्न लागेको हो ।

तीन महिनासम्म चल्ने भाषा प्रशिक्षणमा सिरिजिङ्गा लिपिको आधारभूत ज्ञान लिन सक्ने बताइएको छ । ‘हामीले यो प्रशिक्षण संसारभर बसेर लिम्बूहरूको सिरिजंगा लिपि सिक्न चाहने सबैलाई प्रशिक्षणको व्यवस्था गर्न लागेका हौं । यो हाम्रो भाषाको लिपिको संरक्षण गर्ने बलियो तरिका पनि हो,’ किराात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्वा लिम्बूले भने ।

‘लिम्बू भाषा बोल्न सक्ने धेरै छन् । आफ्नो लिपिमा लेख्न सक्ने कम छन् । अहिले टेक्नोलोजीको जमानामा आफ्नो संस्कार संस्कृतिप्रति इच्छुकले जहाा बसेर पनि सिक्न सक्ने अवस्था छ । यो प्रशिक्षण हाम्रो संस्कार, संस्कृति र भाषा सिक्ने अवसर पनि हो,’ उनले थपे । लिपिको प्रशिक्षण अल्पाइन विश्वविद्यालय सिक्किमका सिरिजंगा भाषाविद् प्रोफेसर कर्णहाङ ताम्लिङले गर्ने पनि आयोजक समूहले जानकारी दिएको छ ।

जुममार्फत प्रशिक्षण लिन सकिने उक्त कक्षा कोरियाको समयअनुसार हरेक आइतबार बेलुकी ८ बजेदेखि १० बजेसम्म (नेपाली समय ४ः४५ देखि ६ः४५ सम्म) हुनेछ ।

प्रकाशित : वैशाख २८, २०८० १५:३६
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीमा दोस्रो ‘बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट’ सुरु

कान्तिपुर संवाददाता

भैरहवा — गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहीबार दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु भएको छ । स्थानीय पवन प्यालेस होटलमा सुरु मार्टमा विभिन्न बुद्धिस्ट मुलुकका २८ वटा ट्राभल तथा टुर्स कम्पनी सहभागी छन् । बिहीबार बिहान लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले मार्टको उद्घाटन गरेका थिए ।   

नेपाल पर्यटन बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठले मार्टमा सहभागी हुनका लागि विभिन्न राष्ट्रका ३५ वटा ट्राभल/टुर कम्पनीले माग गरे पनि २८ वटा कम्पनीलाई छनोट गरिएको बताइन् । उनका अनुसार सहभागी हुने ती कम्पनीभारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंकालगायत राष्ट्रका छन् ।

‘नेपालबाटपनि त्यही संख्यामा ट्राभल/टुर कम्फनी बित्रेताको रुपमा सहभागी गराई बी–टु–बी कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भनिन्, ‘यस कार्यक्रमबाट लुम्बिनीसहित नेपालका अन्य पर्यटकीय गन्तव्यस्थलको खोजी र प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ ।’ लुम्बिनीमा आयोजना हुने दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको माध्यमबाट भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ती मुलुकबाट हवाई उडान सञ्चालनका लागि पनि सहयोग पुग्ने दाबी उनले गरिन् ।

नेपालमा पर्यटकीय आगमनलाई तीव्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्धभूमि लुम्बिनीलाई केन्द्रमा राखेर विश्वभर नेपालको सम्पदा आध्यात्मिक, सांस्कृतिक, पर्यावरणीय, साहसिक पर्यटन प्रवर्द्धन गर्न यो ट्राभल मार्टको आयोजना गरिएको आयोजक समूहले बताएको छ । सन् २०१९ मा पहिलो पटक बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट गरिएपछि कोभिडका कारण त्यसले बिचमा निरन्तरता पाउन सकेको थिएन । मार्ट सञ्चालनको जिम्मेवारी भने नेपाल पर्यटन बोर्डले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) लाई दिएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टका केन्द्रीय अध्यक्ष रमेश थापाले यस कार्यक्रमबाट नेपालको लुम्बिनीसँगै कुन–कुन बौद्धस्थल पर्यटकीय गन्तवय हुन सक्छन् ? भन्नेबारे खोजी र ती स्थलको प्रवर्द्धन हुने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बुद्धिस्ट मुलुकबाट लुम्बिनी आउन चाहने धेरै भए पनि सिधै हवाई यातायात थालनी नहुँदा समस्या भइरहेको बताए । तत्काल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याएर लुम्बिनीको प्रवर्द्धनका लागि दबाब पुगोस् भनेर यो मार्ट आयोजना गरिएको बताए ।

प्रकाशित : वैशाख २८, २०८० १५:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×