पेन्सिलभेनियामा 'गजल धमाका'


अमेरिका — भुटान गजल मञ्चले पेन्सेलभेनिया राज्यको पिट्सबर्ग सहरमा गजल वाचन तथा गायनको बृहत् उत्सव आयोजना गरेको छ ।

गजल धमाका नाम दिइएको उत्सवमा नेपालीभाषी ८० जना स्रष्टाले गजल वाचन तथा गायन गरेका थिए । उत्सवमा प्रथम भुटानी गजलकारका रुपमा शेरु उदासलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा मन्चका अध्यक्ष नेत्राचार्य कौडिण्य, लिला निशा, पूर्ण नर्जाली, अर्जुन प्रधान, डेन्जोम साम्पाङ्, जय वान्तवा, अर्जुन रसाईली, विष्णु खवास, कृष्ण दाहाल, कुमार ओडारी, इन्द्र लामिछाने, बुद्धि लामिछाने, टेक दुधराज, धन तिम्सिना, केदार उप्रेतीलगायतले आफ्नो रचना सुनाएका थिए ।
उत्सवलाई संगीतमय बनाउन सयपत्री समूह, पिटसबर्गले वाद्यवादनमा साथ दिएको थियो । १८ वर्षर्अघि स्थापित भुटान गजल मञ्चले आफ्नो स्थापना दिवस(फागुन १०)मा यसैगरी गजल उत्सव सञ्चालन गर्ने जनाएको छ ।