मोक्तान उत्तरी आयरल्यान्डका लागि पर्यटन सद्भावना दूत नियुक्त 

लन्डन — बेलायतमा नेपालीको सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन यूके र नेपाली कलाकार संघका पूर्वअध्यक्ष उमेशराज मोक्तान उत्तरी आयरल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएका छन् ।

मोक्तान उत्तरी आयरल्यान्डका लागि पर्यटन सद्भावना दूत नियुक्त 

नेपाल सरकारको डिसेम्बर २३ को मन्त्रिस्तरीय निर्णयबाट मोक्तानलाई सो पदमा नियुक्त गरिएको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।मोक्तानलाई सद्भावना दूत निर्देशिका दफा ७ बमोजिम चार वर्षका लागि सो पदमा नियुक्त गरिएको हो ।

नियुक्तिपछि मोक्तानले बेलायतको उत्तरी आयरल्याण्डमा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा सक्दो योगदान गर्ने बताए । अढाइ दशक बढी समयदेखि बेलायतमा रहेका उनले विभिन्न सामाजिक काम गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोप कमिटीका संयोजक उनी बेलायतको लेबर पार्टीसँग पनि आबद्ध छन् ।

प्रकाशित : पुस २०, २०७९ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?