अमेरिकामा नेपाली साहित्य साँझ

विभिन्न व्यक्ति पुरस्कृत

काठमाडौँ — संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा १६औं वार्षिक नेपाली साहित्य साँझ आयोजना गरिएको छ । नेपाली अमेरिकी मैत्री संघ (नाफा)ले गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरियो ।

अमेरिकामा नेपाली साहित्य साँझ

कार्यक्रममा कविता प्रतियोगिताअन्तर्गत प्रथम स्थान हासिल गर्ने लेखनाथ काफ्ले, दोस्रो स्थान हासिल गर्ने जीवन खड्का र तेस्रो स्थान हासिल गर्ने अप्सरा गिरीलाई 'विजय मल्ल साहित्य पुरस्कार' मार्फत पुरस्कृत गरियो ।

'विजय मल्ल साहित्य पुरस्कार' प्रतियोगिताका लागि बाह्य निर्णायकको रुपमा नेपालबाट धीरेन्द्र प्रेमर्षि, विनोद अधिकारी, सुलोचना मानन्धर धिताल र आन्तरिक निर्णायकहरूमा मित्र पौडेल, सीता अर्याल तथा गंगा श्रेष्ठले थिए । विजय मल्ल साहित्य पुरस्कारका प्रतियोगीहरूका कविता वाचन पश्चात निर्णायक धीरेन्द्र प्रेमर्षिले मन्तव्य राखेका थिए ।

सहभागी प्रतियोगी सबैलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । नाफाद्वारा प्रायोजित 'सगरमाथा प्रज्ञा पुरस्कार' आविष्कार भारतीलाई प्रदान गरिएको थियो । सोही अवसरमा सीता अर्याल, एकबहादुर क्षत्री, राजेन्द्र अर्याल, श्री दिनार श्रेष्ठ, अबिमन पसछें, कृष्ण सिजापति र राधा सिजापतिद्वारा 'अपराध–सुधार' (अन्तर्राष्ट्रिय कवितासंग्रह) को पनि लोकार्पण भएको थियो ।

प्रकाशित : मंसिर २९, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?