१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कतारमा रहेका व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाई आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष महेन्द्र चौलागाईंको टोलीले चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनासँग दोहामा भएको संयुक्त बैठकमा नेपालमा लगानी गर्न आग्रह गरेको हो । चाइनिज बिजनेस काउन्सिलमा कतारमा लगानी गर्दै आएका चाइनिज ब्यापारीहरु आबद्ध छन् ।

कतारमा रहेका व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह

‘नेपालमा विदेशी लगानीकर्ताको लागि धेरै अवसर छ । नेपाल सरकारले पनि लगानी गर्न विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति छ’, चाैलागाईंले बैठकमा भने,‘लगानीलाई सहजीकरण गर्न नेपाली व्यावसायीले सहयोग गर्नेछौं ।’ कतारले नेपाली व्यवसायीको संगठित संस्था नेपाल विजनेस एसोसिएसनलाई वैधता दिएपछि विदेशी लगानीकर्ताहरुसँग पहलकदमी गर्न सुरु भएको चौलागाईंले बताए । कतारमा झन्डै ५ सय नेपालीहरु विभिन्न व्यवसायमा आबद्ध छन् ।

चौलागाईंका अनुसार एसोसिएसनले नेपालमा लगानी हुनसक्ने सम्भावित क्षेत्रबारे विदेशी लगानीकर्तालाई जानकारी दिन थालिएको छ । ‘हामीले कतारमा लगानी गरिरहेका भारतीय व्यवसायी, कतार फाइनान्सियल सेन्टर, कतार चेम्बर अफ कर्मससँग छलफल चलाइरहेका छौं’, उनले भने,‘उनीहरु नेपालका ठूला आयोजनाहरुमा लगानी गर्न इच्छुक देखिएका छन् ।’

प्रकाशित : कार्तिक १७, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?