गिरिको सम्झनामा बेल्जियमा शोकसभा- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गिरिको सम्झनामा बेल्जियमा शोकसभा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको जनसम्पर्क समिति बेल्जियमले दिवंगत नेता प्रदीप गिरिको सम्झनामा श्रद्धाञ्जली सभा गरेको छ । गिरिको १३औं पुण्य तिथीका अवसरमा आन्तवेर्पन सहरमा आयोजना गरिएको श्रद्धाञ्जलीमा समितिका पदाधिकारी तथा पूर्वपदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले गिरिले अघि सारेको विचारको राजनीतिलाई कांग्रेसले निरन्तरता दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा जनप्रगतिशील मञ्च युरोपका संयोजक विष्णु भुजेलले जनयुद्धका बेलामा समेत माओवादीले सबैको टाउकाको मूल्य तोक्दा गिरिको मूल्य नतोकिएको प्रसंग उल्लेख गर्दै उनी सबैको साझा नेताका रुपमा बाँचेको बताए । जनसम्पर्क समितिकी पूर्वअध्यक्ष सीता सापकोटाले गिरिको निधले विचारको विश्वविद्यालय सुकेको बताइन् ।

जनसम्पर्क समितिका अर्का नेता सन्तोष जोशीले देशले ठूलो बौद्धिक व्यक्तित्व गुमाएको बताए । एनआरएन बेल्जियमका सचिव जगदीश सापकोटाले गिरि उच्चस्तरका साझा नेता रहेको भन्दै उनलाई सबै पार्टीले आफ्नो नेताको जस्तो व्यवहार गर्ने गरेको बताए ।

कार्यक्रममा जनसम्पर्क समितिका बेल्जियमका सभापति पूर्ण तिमिल्सेनाले गिरिको राजनीतिक र वैचारिक योगदानको कांग्रेसले मूल्यांकन गर्न नसकेको बताए ।

प्रकाशित : भाद्र १६, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

अमेजन प्राइममा 'बुलबुल'  

कान्तिपुर संवाददाता

काठमाडौँ — समीक्षात्मक रुपले रुचाइएको फिल्म 'बुलबुल' डिजिटल प्लेटफर्म अमेजन प्राइममा प्रदर्शनमा आएको छ । विनोद पौडेल निर्देशित फिल्म सन् २०१९ मा प्रदर्शन भई विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कार पाएको थियो । 

फिल्मका निर्माता अविरल थापाले हलमा फिल्म हेर्न छुटाएका दर्शकले 'बुलबुल'हेर्ने माग गरेपछि अमेजन प्राइममा प्रदर्शन गरेको बताए । 'कहाँबाट कतिजनाले फिल्म हेरे र कति आम्दानी भयो भन्ने सबै कुरा निर्माता आफैंले पारदर्शीरुपमा हेर्न सकिने प्लेटफर्ममा दर्शकले पनि घरमै बसीबसी आफनो समयानुसार फिल्म हेर्न पाउनु सुनौलो अवसर हो,'थापाले भने ।

प्रमुख अभिनेत्री स्वस्तिमा खड्काले यही फिल्मबाट सार्क फिल्म फेस्टिभलमा अवार्ड पाएकी थिइन् । त्यस्तै निर्देशक विनोदले पनि फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड पाएका थिए । यो फिल्म नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अवार्डमा पनि प्रतिनिधित्व गरेको थियो । फिल्ममा स्वस्तिमासँगै अभिनेता मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको अभिनय छ । यसअघि अमेजन प्राइममा नेपाली फिल्म 'लाटोकोसेरो' र 'चिनी कम रंग कडा' प्रदर्शनमा आएको थियो ।

प्रकाशित : भाद्र १६, २०७९ १६:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×