३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जापानका नेपालीलाई दाहालले भने- 'अहिले नै फर्केर आउनु भन्ने अवस्था छैन'

'नेपालको विकास यात्रामा तपाइँको सहभागिता चाहियो भनेर बोलाउने दिनको ब्यग्र प्रतिक्षामा छु'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने बताएका छन् । विद्युत र पर्यटनसँगै कृषि आर्थिक विकासको प्रमुख आधार भएको उनको भनाइ थियो ।

जापानका नेपालीलाई दाहालले भने- 'अहिले नै फर्केर आउनु भन्ने अवस्था छैन'

जापान भ्रमणमा रहेका नेता दाहालले नेपाली समुदायसँग अन्तरक्रियाको क्रममा यस्तो बताएका हुन् । यस क्रममा उनले अहिलेको सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताएका थिए ।

यस्तै नेपाल पर्यटनको अनन्त पर्यटन विकासको केन्द्र हुनसक्ने उनको भनाइ थियो । दाहालले भने, 'अहिले नेपाल सरकारको नीति कार्यक्रम बनाउँदै गर्दा र बजेटबाट पनि नेपाल कता लैजाने भनिरहँदा मेरो ध्यान कृषिको आधुनीकिकरण र यान्त्रिकरण तथा यसको औद्योगिक विकासमा मेरो ध्यान छ ।'

तर देशको विकासमा विदेशमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका हुने संकेत गर्दै उनले उनीहरूलाई नेपालमा फिर्ता बोलाउने अवस्था अहिले नै अझै नरहेको बताए ।

जापानमा रहेका नेपालीहरूलाई अहिले नै स्वदेश फर्किएर आउनु भन्ने अवस्था नरहेको भन्दै दाहालले केही समयपछि उनीहरूलाई स्वदेश फर्काउने योजना रहेको बताए । यसका लागि आफूहरूले नेपालमा राजनीतिक स्थायित्व र स्थिरताको वातावरण बनाउँदै गरेको दाहालले बताएका थिए ।

दाहालले बलियो राजनीतिक केन्द्र बनाएपछि आधिकारिक रुपमा विदेशमा रहेका नेपालीलाई फिर्ता बोलाउने दिनको ब्यग्र प्रतिक्षामा रहेको पनि बताएका थिए ।

'अझै मैले तपाइँहरूलाई ल आउनुहोस् नेपाल भन्ने अवस्था भएको छैन । तपाइँहरूलाई प्रष्ट रुपमा भन्नुपर्दा, राजनीतिक स्थायित्व र सुशासनको मोडालिटीलाई प्रोमोट गर्ने वातावरण बनाइसकेपछि र बलियो राजनीतिक केन्द्र बन्यो भन्ने सन्देश दिएर म फेरि तपाइँहरू समक्ष आउने छु र आधिकारिक रुपमा तपाइँहरूलाई अब तपाइँहरूको सबै तागत नेपालमा लगाउनु भन्ने छु । जो जहाँ भए पनि नेपालको विकास यात्रामा तपाइँको सहभागिता चाहियो भन्ने दिन आउँछ । म ब्यग्रतापूर्वक त्यो दिनको प्रतिक्षामा छु ।'

प्रकाशित : श्रावण २२, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?