२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अयोध्यायको राम मन्दिरमा धनुष राख्नेबारे निधि र रायबीच छलफल 

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — भारतको अयोध्यायमा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष राख्न श्रीराम जन्मभूमि तीर्थक्षेत्र सकारात्मक देखिएको छ । 

अयोध्यायको राम मन्दिरमा धनुष राख्नेबारे निधि र रायबीच छलफल 

अयोध्याय भ्रमणमा रहेका नेपाली कांग्रेस नेता विलमेन्द्र निधिले राममन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्यसमितिमा छलफल गराउने आश्वासन दिएका छन् । उनले यो प्रस्ताव सबैले मान्नैपर्ने महत्वपूर्ण विषय भएको समेत बताए ।

व्यक्तिगतरुपमा आफू सहमत रहेको भन्दै रायले राम मन्दिर ट्रस्ट र निर्माण समिति बैठकमा प्रस्ताव राखेर निर्णय गर्न कोसिस गर्ने वचन दिएको निधिको सचिवालयले जनाएको छ । नेता निधि र महामन्त्री रायबीच शनिबार अयोध्यायमा छलफल भएको थियो । छलफलमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायत जनकपुरवासी तथा राम मन्दिर ट्रस्टका सदस्य अनिल मिश्र लगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा नेता निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरिएको धनुषको नक्सा हस्तान्तरण गरेका थिए ।

प्रकाशित : श्रावण १४, २०७९ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?