२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कान्तिपुरकर्मी पोखरेल र पत्रकार रानाभाटलाई 'एफएनजे यूके पत्रकारिता पुरस्कार'

लन्डन — नेपाल पत्रकार महासंघ बेलायत शाखाले प्रदान गर्ने पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल र पत्रकार खेमराज रानाभाटले पाएका छन् ।

कान्तिपुरकर्मी पोखरेल र पत्रकार रानाभाटलाई 'एफएनजे यूके पत्रकारिता पुरस्कार'

लण्डनमा आइतबार आयोजित शाखाको दसौं वार्षिकोत्सव तथा स्थापना दिवस समारोहमा राजदूत ज्ञानचन्द्र आचार्यले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार राशि ५०२ पाउण्ड छ ।

पुरस्कार छनोटका लागि शाखाद्वारा गठित स्वतन्त्र समितिको सिफारिसका आधारमा दुई पत्रकारलाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ प्रदान गरिएको हो ।

पोखरेलको कान्तिपुरमा प्रकाशित 'बेलायतका विमानस्थलबाट फर्काइँदै नेपाली विद्यार्थी' र रानाभाटको हिमालखबरमा प्रकाशित 'बेलायती गोर्खा सैनिक अब आफ्नो कथा, आफ्नै कलम' शीर्षकको स्टोरीका लागि पुरस्कार सिफारिस गरिएको थियो ।

पोखरेल विगत डेढ दशकदेखि बेलायतका लागि कान्तिपुर संवाददाताका रुपमा कार्यरत छन् । उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन् ।

पोखरेल यसअघि एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, साहित्य विकास परिषद् पत्रकारिता पुरस्कारलगायतबाट पनि सम्मानित भइसकेका छन् ।

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ छनोटका लागि शाखाका सल्लाहकार भगिरथ योगी, प्राध्यापक तेजेन्द्र फेराली, ओम गौतम, संगीता मरहट्ठा र सुमाया राई सम्मिलित पुरस्कार छनोट समिति गठन गरिएको थियो ।

प्रकाशित : असार २७, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?