कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनको ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा ‘युन् ता’ अब नेपालमा

लक्ष्मी लम्साल

बेइजिङ — चीनको लोकप्रिय ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा युन् ताले नेपालमा आफ्नो एकीकृत सेवा सुरू गर्ने भएको छ। चीनमा अनलाइन किनमेलको निर्यात तथा ढुवानी सेवाका लागि आवश्यक रसद उपलब्ध गराउने गरी यो सेवा नेपालमा सञ्चालन गर्न लागिएको युन् ताले जनाएको छ।

चीनको ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा ‘युन् ता’ अब नेपालमा

मंगलबार युनताले नेपाल एकीकृत सेवा विस्तारको घोषणा गरेको हो । यो कम्पनीले उपभोक्ताहरूको व्यक्तिगत खरिद मागलाई पूरा गर्नका लागि उत्पादनहरूलाई एकसाथ एकीकृत गरी निर्यात गर्नेछ ।

युन् ताले घरेलु एक्सप्रेस वेयरहाउस को-प्याकेजिङ, एयर फ्रेट संकलन र अन्य कार्यहरू मार्फत् चीनबाट नेपाली सामानहरू सुरक्षित र समयमै उपभोक्ताहरू माझ पुर्‍याउने चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् । ‘नेपाल कन्सोलिडेसन’ अन्तर्गत प्रत्येक महिना ठूलो परिमाणका सामग्री निर्यातका लागि विशेष विमानको व्यवस्था गरिएको छ । नेपालका लागि उक्त विशेष विमान चीनको छङ्तु विमानस्थलबाट उड्नेछ । कूल ७ देखि ११ दिनमा प्याकेज नेपालसम्म पुग्नेछ ।

पछिल्ला दिनमा युन् ता अन्तर्राष्ट्रिय डेलिभरी कम्पनीले दुबई, अस्ट्रेलिया, कोरिया, कम्बोडिया र नेपाललगायत देशहरूमा कन्सोलिडेसन सेवा सुरूवात गर्दै मध्यपूर्व, दक्षिण एसिया, पश्चिम एसियाका साथै मुख्य सहरसम्मको पहुँच विस्तार गर्दै गएको पनि चिनियाँ सञ्चारमाध्यहरूले जनाएका छन् ।

प्रकाशित : वैशाख २८, २०७९ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?